नवौंमा प्राप्त सफलताले खेलाडीहरुमा नयाँ जागरण आएको छ

पाेखरा | मंसिर १७, २०७९

नवौंमा प्राप्त सफलताले खेलाडीहरुमा नयाँ जागरण आएको छ

पोखरा:   प्रदेश खेलकुद परिषद गण्डकीले आयोजना गरेको अभिमुखीकरण तालिम सहभागीहरुले नवौंमा प्राप्त सफलताले खेलाडीहरुमा नयाँ जागरण आएको सहभागिहरुले बताएका छन् ।


प्रदेश खेलकुद परिषदका सदस्य र जिल्ला खेलकुदका अध्यक्ष तथा पदाधिकारीहरुलाई लक्षित गरी एक दिने  अभिमुखीकरण तालिममा जिल्ला जिल्लामा  खेलकुदको सक्रियता र चलायमान बनाउने संगै नवौंमा प्राप्त सफलताले खेलाडीहरुमा नयाँ जागरण आएको सहभागिहरुले बताएका हुन्  ।


सो अवसरमा बोल्दै प्रदेश खेलकुदका सदस्य सचिव घनश्याम पौडेलले प्रदेशको खेलकुद विकासका लागि तालिम प्रभावकारी रहने बताउँदै खेलकुदको जग बलियो बनाउन सबैको उत्तिकै प्रभावकारी भूमिका हुनुपर्ने कुरामा जोड दिए ।


खेलकुदमा सुशासन पहिलो दायित्व रहने बताउँदै सदस्य सचिव पौडेलले जिल्ला खेलकुदको भूमिका लाई अझै प्रभावकारी बनाउन परिषदल आर्थिक वर्ष २०७९÷०८०मा बजेट समेत विनियोजन गरिएको बताए । जिल्ला खेलकुदहरुको कार्यालय व्यवस्थापन, लेखा प्रणाली र जिन्सीहरुको अभिलेख र प्रमाणीकरणमा स्पष्टता भएमा मात्र खेलकुदको जग बलियो बन्न सहज वातावरण बन्ने उनको भनाई थियो ।


कार्यक्रममा प्रदेश खेलकुदका कार्यकारी सदस्य दिल बहादुर गुरुङले नवौं राष्ट्रिय खेलकुदमा प्रदेश खेलकुद गण्डकीले प्राप्त गरेको सफलताले गौरवको अनुभुती भएको बताउँदै प्रदेशका सबै जिल्लाहरुले प्राप्त बजेटहरुको समुचित प्रयोग र व्यवस्थापन आवश्यक्ता रहेको बताए ।


सो अवसरमा परिषदका लेखा प्रमुख निलकण्ठ ढकालले जिन्सी र लेखा प्रणालीलाई व्यवस्थित बनाउने बारे प्रशिक्षण प्रदान गरेका थिए ।


यसै विच प्रदेश खेलकुद परिषद गण्डकीले नवौं राष्ट्रिय खेलकुदमा पदक विजेताहरुलाई आइतबार पोखरा रंगशालामा एक कार्यक्रमका विच नगद सहित सम्मान गर्ने भएको कार्यालय प्रमुख टोपलाल भुसालले जानकारी दिएका छन् । गण्डकी प्रदेशका यूवा तथा खेलकुद मन्त्री राजिव गुरुङको प्रमुख आतिथ्यतामा पोखरा रंगशालामा आयोजना हुने उक्त कार्यक्रममा खेलाडी, प्रशिक्षक, व्यवस्थापक र खेल संघहरुलाई नगद सहित सम्मान गर्न लागिएको हो ।


गत असोज २८ देखि कार्तिक ३ गते सम्म गण्डकी प्रदेशमा सम्पन्न नवौं राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेश ३२ स्वर्ण, ३१ रजत र ७६ काश्य पदकका साथ सातै प्रदेश मध्ये पहिलो स्थान ओगट्न सफल भएको थियो । कार्यकारी सदस्य गुरुङका अनुसार एकलतर्फ स्वर्ण पदक विजेतालाई नगद १८ हजार, रजतलाई १२ र काश्य पदक विजेतालाई ८ हजार प्रदान गरिने छ । त्यसै टिमतर्फ स्वर्ण पदक विजेतालाई नगद ९ हजार जनही, रजततर्फ ६ र काश्य पदक विजेतालाई ४ हजार जनही प्रदान गरिने छ ।


त्यर्सै गरी प्रशिक्षकलाई स्वर्ण, रजत र काश्य पदक विजेतालाई क्रमश १०, ८ र ६ हजार व्यवस्थापकलाई ८, ६ र ४ हजार प्रदान गरिने छ भने खेल संघहरुलाई ४०, ३० र २० हजार प्रदान गरिने छ । गण्डकी प्रदेशबाट पदक विजेता मध्ये २८ खेलका स्वर्ण पदक प्राप्त गर्ने कुल ७२ जना, रजत पदक विजेता ९२ जना र काश्य पदक विजेता १६० जना गरी ३२४ जना सम्मानित हुन लागेका हुन् । त्यसै गरी खेल प्रशिक्षक र व्यवस्थापक गरी ८२ जना र २८ खेलसंघहरु समेत नगद सहित सम्मानित हुनेछन् ।


नवौं राष्ट्रियमा रेकर्ड व्रेक गर्ने आर्चरी खेलका जागृत गुरुङलाई थप नगद १० हजार सहित सम्मान गरिने छ । 

चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ ।   कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

थप पढ्नुहोस्

पोखरा —चङ्गा प्रोडक्सनको आयोजनामा पोखरा रङ्गशालाको कभर्ड हलमा सम्पन्न ‘चङ्गा अल–स्टार फुटसल २०२६’ प्रतियोगितामा टिम प्याराडाइम च्याम्पियन बनेको छ ।   फाइनल खेलमा टिम क्रियटरलाई...

थप पढ्नुहोस्

पोखरा —प्रोडक्सनको क्षेत्रमा लोकप्रिय तथा चर्चित चङ्गा प्रोडक्सनले पोखरा रङ्गशालाको कभर्ड हलमा आगामी शुक्रबार आयोजना गर्ने “चङ्गा अल–स्टार फुटसल २०२६“ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ...

थप पढ्नुहोस्