गाडी आयातमा असहज भएपछि आन्दोलनको तयारीमा अटो व्यवसायी
पाेखरा | मंसिर १९, २०७९
पोखराः अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) सम्बद्ध व्यवसायीले .गाडी आयातमा असहज भएको भन्दै आन्दोलनको तयारी थालेको छ ।
आन्दोलनको विषयमा जानकारी दिँदै नाडाका उपाध्यक्ष एवं आन्दोलन समितिका संयोजक सुनिल रिजालले आगामी भदौ २२ गतेदेखि आन्दोलन सुरु गर्ने जानकारी दिए । रिजालले भने ‘उक्त दिन नाडा सम्बद्ध व्यवसायीहरुले माइतीघरमा धर्ना दिने कार्यक्रम रहेको छ ।’
आन्दोलनको पहिलो चरणमा शान्तिपुर्ण धर्ना दिने कुनैपनि कार्यक्रम अनुशासिततवरले गरिने रिजालको भनाई छ । धर्नापछि सरकारले माग पुरा गर्नेमा विश्वस्त रहेको रिजालले जनाए ।
नाडाका अध्यक्ष ध्रुव थापाले सम्बन्धित निकायलाई अटो व्यवसायीका समस्या बाराम्बार अवगत गराई समाधानको पहल गर्दा पनि सुनुवाई नभएपछि आन्दोलनमा उत्रन बाध्य भएको बताए ।
त्यस्तै, बैंकले अटो लोन प्रवाह गर्दा ५० प्रतिशतमा सिमित गरिदिँदा व्यवसायमाथि गम्भीर क्षति पुगेको थापाको भनाई छ ।
सरकारले केही समय विदेशबाट विभिन्न सामानलाई विलासिताको नाममा आयात रोकेको र हाल खुलाएपनि राष्ट्र बैंकले झनै कसिलो नीति ल्याउँदा अवस्था प्रतिकुल नै रहेको उनले उल्लेख गरे ।
यद्यपि, विदेशी मुद्रा सञ्चितिमा सुधार आएकाले व्यवसायको माग सम्बोधन गर्न गाह्रो नहुने र सबै माग पुरा हुने थापाको विश्वास छ ।
पोखरा: नेकपा एमाले कास्कीका इन्चार्ज कृष्ण थापाको बिहीबार निधन भएको छ । पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् । कास्की जिल्ला पार्टी कार्यालयमा आयोजित बैठकमा सहभ...
मकवानपुरः मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्ताले आक्रमण गर्दा एक जना प्रहरी सहायक निरीक्षक र आक्रमणकारीमध्येका एक जना घाइते भएका छन् । प्रहरीचौकी पदमप...
पोखरा: गण्डकी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ पाँच लाख बढी मत प्राप्त गरेको छ । गण्डकी प्रदेशका ११ वटा जिल्लामा कुल १८ निर्वाचन क्षेत्रमध्ये प्रत्यक्षतर्फ १५ क्षेत्रमा विजयी बनेको पार्टीले समानुपा...

