नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम डेढ अर्ब माथि
काठमाडाैं | मंसिर १९, २०७९
काठमाडौं: सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । साताको दोस्रो कारोबार दिन सोमबार बजार परिसूचक नेप्से २४.४६ अंक (१.२५ प्रतिशत) ले गिरावट भएर १९३८.७६ अंकमा बन्द भएको छ ।
नेप्सेसँगै सबै उपसूचकमा गिरावट भएका छन् । बजारलाई लिड गर्ने बैंकिङ उपसूचक ०.७१ प्रतिशतले गिरावट हुँदा वित्त कम्पनी र उत्पादनमुलक उपसूचक २ प्रतिशत भन्दा माथिले गिरावट भएको छ ।
नेप्सेमा गिरावट भएपनि बजारमा कारोबार रकम भने डेढ अर्ब भन्दा माथि रहेको छ । सोमबार बजारमा ४१ लाख २७ हजार २८६ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ६७ करोड ४ लाख ५५ हजारको कारोबार भएको छ । जसमध्ये रिडी हाइड्रोपावरको ३० करोड ८३ लाख ५७ हजारको कारोबार भएको छ । यस्तै शिवम् सिमेन्टको २० करोड २३ लाख ४७ हजार र नबिल बैंकको ८ करोड ४७ लाख ८९ हजारको कारोबार भएको छ ।
सोमबार बजारमा कुल १९९ कम्पनीको सेयर कारोबार भएकोमा १८१ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ । यस्तै १४ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा ४ कम्पनीको सेयर मूल्य स्थिर छ । सोमबार कारोबार भएकोमध्ये सयपत्री हाइड्रोपावरको सेयरमूल्य ३.१२ प्रतिशतले वृद्धि हुँदा एनआईसी एशिया सेलेक्ट फण्ड ३० को इकाइमूल्य २.५६ प्रतिशत र ग्लोबल आईएमई ब्यालेन्स फण्ड १ को इकाइमूल्य २.२१ प्रतिशतले वृद्धि भएको छ ।
यता अजोड इन्स्योरेन्सको सेयर मूल्य सर्वाधिक ७.३७ प्रतिशतले गिरावट हुँदा सिटिजन्स म्युचुअल फण्ड १ को इकाइमूल्य ५.७७ प्रतिशत र ओरियन्टल होटेलको सेयर मूल्य ५.५३ प्रतिशतले गिरावट भएको छ ।
काठमाडौं: नेपालको राष्ट्रिय महिला क्रिकेट टोलीले टेस्ट राष्ट्रमाथि पहिलो ऐतिहासिक जित निकालेको छ । महिला टी–२० विश्वकप ग्लोबल छनोट अन्तर्गत शनिबार त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय रङ्गशालामा भ...
काठमाडौं: निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको उमेदवारका लागि बैंकिङ खाता सञ्चालन गरिदिन नेपाल राष्ट्र बैंकले आग्रह गरेको छ । आयोगले केन्द्रीय बैंकलाई पत्राचार गर्दै उमेदवारले निर्वाचनसम्बन्धी खर्च ग...
तनहुँ: पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आबुँखैरेनी गाउँपालिका–२ नारीघाटमा मिनी ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखा नगरपालिका–१४ बस्ने ६० वर्षीय दलबहादुर थापा रह...

