पोखराको मेलामा पिङ खेल्दैँ टिकटक बनाउँदा खसे तीनजना, लिम्बुको अवस्था गम्भीर
पाेखरा | मंसिर १९, २०७९
पोखरा: पोखरामा जारी २२ औं संस्करणको ‘समृद्धि स्टिल्स्’ राष्ट्रिय औद्योगिक व्यापार मेलामा राखिएको रोटेपिङबाट खस्दा अस्मिता लिम्बु गम्भीर घाइते भएकी छिन् ।
पोखरा उद्योग वाणिज्य संघले आयोजना गरेको मेलामा रोटेपिङको एउटा डिब्बा अनियन्त्रित भई खस्दा २२ वर्षीय अस्मिता लिम्बु गम्भीर घाइते भएकी हुन् ।
आइतबार साँझ रोटेपिङबाट खस्दा २२ वर्षीय लिम्बु घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरिक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए ।
‘रोटेपिङ खेल्ने क्रममा ३ जना खसेको जानकारी पाएका छौं, उनले भने, ‘रोटेपिङबाट खसेका ३ जनामध्ये अस्मिता लिम्बुको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । बाँकी २ जना भने सामान्य घाइते भएका थिए ।’
कास्की प्रहरीका अनुसार गम्भीर घाइते भएकी लिम्बुको टाउकोमा चोट लागेको छ । टिकटक बनाउने क्रममा रोटेपिङको एउटा डिब्बा अनियन्त्रित हुँदा तीनैजना खसेको बताइएको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

