नेप्सेमा दोहोरो अंकको गिरावट
काठमाडाैं | मंसिर २१, २०७९
काठमाडौं: सेयर बजार परिसूचमा दोहोरो अंकको गिरावट भएको छ । साताको चौथो कारोबार दिन बुधबार बजार परिसूचक नेप्से १६.६१ अंक (०.८६ प्रतिशत) ले गिरावट भएर १९१७.२८ अंकमा बन्द भएको छ । होटल तथा पर्यटन बाहेक सबै उपसूचकमा गिरावट हुँदा नेप्से पनि घटेको हो ।
होटल तथा पर्यटन उपसूचक ०.०१ प्रतिशतले वृद्धि भएको छ । यता बजारलाई लिड गर्ने बैंकिङ उपसूचक नै १.२८ प्रतिशतले गिरावट हुँदा वित्त कम्पनी र उत्पादनमुलक उपसूचक पनि १ प्रतिशत भन्दा माथिले गिरावट भएको छ । मर्जर सम्झौतापछि कारोबार रोकिएको ग्लोबल आईएमई बैंकको सेयर धितोपत्र बोर्डको नयाँ व्यवस्था अनुसार खुलेसँगै बुधबार ९.२९ प्रतिशतले गिरावट भएको छ । जसले बैंकिङ उपसूचकमा उच्च गिरावटको लागि सहयोग भएको छ ।
यस्तै नाडेप लघुवित्तको सेयर मूल्य ९.९९ प्रतिशतले गिरावट भएर नकारात्मक सर्किट लेभलमा बन्द हुँदा शिवम् सिमेन्टको सेयर मूल्य ४.८६ प्रतिशतले गिरावट भएको छ । यता खप्तड लघुवित्तको सेयर मूल्य सर्वाधिक ६.०९ प्रतिशतले वृद्धि हुँदा कुमारी धनवृद्धि योजनाको इकाइमूल्य ५.१५ प्रतिशत र ग्रिन भेञ्चर लिमिटेडको सेयर मूल्य ४.४२ प्रतिशतले वृद्धि भएको छ । बुधबार नेप्सेमा कुल १९९ कम्पनीको सेयर कारोबार हुँदा १५९ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ । त्यस्तै ३७ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा ८ कम्पनीको स्थिर छ ।
सानिमा बैंकको संस्थापक सेयर ५१ लाख कित्ता कारोबार हुँदा बुधबारको कारोबार रकम भने बढेको छ । बैंकको ६७ करोड २ लाख ९३ हजारको संस्थापक सेयर कारोबार हुँदा बुधबार बजारमा कुल १ अर्ब ६५ करोड ४६ लाख ६२ हजार ५५१ रुपैयाँको कारोबार भएको छ । ८० लाख ९२ हजार ७१७ कित्ता सेयर किनबेच हुँदा उक्त रकमको कारोबार भएको हो । मंगलबार
बुधबार शिवम् सिमेन्टको १३ करोड ८५ लाख ५४ हजार र नबिल बैंकको ४ करोड ५२ लाख ८८ हजारको कारोबार भएको छ ।
भक्तपुर: नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उहाँको निवासबाटै पक्राउ पर्नुभएको छ । सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित भाडाको घरमा बस्दै आउनुभएका ओलीलाई आज बिहानै प्रह...
भक्तपुर: पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई प्रहरीले आज बिहान निवासबाटै पक्राउ गरेको छ । जेनजी आन्दोनलको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वको आयोगले ...
काठमाडौं: नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज नवनियुक्त प्रधानमन्त्री शाहको उपस्थितिमा राष्ट्रपतिको कार्या...

