बिहे भोज खाएर बिरामी परेकामा आउँको किटाणु भेटियो
पाल्पा | मंसिर २१, २०७९
पाल्पाः पाल्पाको चिर्तुङ्गधारामा बिहे भोज खाएपछि बिरामी परेकाहरूमा आउँको किटाणु भेटिएको छ । दूषित पानी, खाना वा सरसफाइ लगायतका कारण हुने आउँको समस्या बिरामीमा भेटिएको मिसन अस्पताल, लुम्बिनी प्रादेशिक अस्पताल र बगनासकाली गाउँपालिकाका स्वास्थ्यकर्मीले जनाएका हुन् ।
बिहे भोज खाएको दिन शनिवार रातिदेखि नै बिरामी भएकाहरूको आज बुधवार पनि घरघरमै पुगेर उपचार गरिएको बगनाँसकाली गाउँपालिकाले जनाएको छ । बिरामीमध्ये कतिपयमा सुधार आए पनि केहीमा पुनः समस्या देखिएको छ । मिसन अस्पतालमा उपचार गराएर फर्किएकाहरूको प्रयोगशाला रिपोर्टअनुसार सबैमा दिसामा एक प्रकारको किटाणु देखिएको गाउँपालिकाका अध्यक्ष सरस्वती चिदिले जानकारी दिनुभयो ।
पाल्पाको बगनासकाली गाउँपालिका १ चिर्तुङधाराको घोरबन्दाका बिहे भोजमा सहभागी झन्डै एक सय ५० जना बिरामी परेका हुन् । प्युठानबाट जन्ती आएका ४५ जनाभन्दा बढी जन्ती पनि बिरामी परेका थिए । स्वास्थ्य कार्यालय पाल्पाले ुफुड पोइजनु को खास कारण पत्ता नलागेको र पानी जाँचको प्रक्रिया अघि बढेको जनाएको छ ।
भक्तपुर: नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उहाँको निवासबाटै पक्राउ पर्नुभएको छ । सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित भाडाको घरमा बस्दै आउनुभएका ओलीलाई आज बिहानै प्रह...
भक्तपुर: पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई प्रहरीले आज बिहान निवासबाटै पक्राउ गरेको छ । जेनजी आन्दोनलको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वको आयोगले ...
काठमाडौं: नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज नवनियुक्त प्रधानमन्त्री शाहको उपस्थितिमा राष्ट्रपतिको कार्या...

