मणिपालको तेस्रो तलाबाट खस्दा धनसरीको ज्यान गयो, छोरी काठमाण्डौं रेफर
पाेखरा | मंसिर २३, २०७९
पोखराः मुटुमा देखिएको समस्या निदान गर्न मणिपाल अस्पतालमा उपचाररत छोरी भेट्न पुगेकी धनसरी घर्तीको ज्यान गएको छ ।
सराङकोट निवासी अन्दाजी ६५ वर्षीया घर्तीको अस्पतालकै तेस्रो तलाबाट खस्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । छोरीको थप उपचार गर्न काठमाण्डौं रेफर गरेपछि आफन्तजनले तयारी गरिरहेकाबेला उनी मृत भेटिएकी हुन् ।
३ दिनदेखि उपचाररत छोरीको अवस्थमा सुधार नभएपछि अस्पतालले काठमाण्डौं लैजान भनेपछि आफन्तजनले सवारीसाधन व्यवस्था गरी जाने तयारी गर्दा घटना घटेको हो ।
सोही बेला आमा धनसरीलाई नदेखेपछि खोजी गर्ने क्रममा ३ तलामुनि उनी मृत भेटिएकी हुन् । अस्पताल कर्मचारीका अनुसार धनसरी खस्ने बित्तिकै कसैले पनि थाहा भएन ।
उनको ‘स्पट डेथ’ भएको प्रहरीको प्रारम्भिक अनुमान छ । यद्यपि, अनुसन्धान सुरु गरेको जिप्रका कास्कीले जनाएको छ ।
घर्तीको मृत्युपछि अस्पताल प्रशासनको आकस्मिक बैठक बसेको छ । तर कुनैपनि निर्णय सार्वजनिक गरिएको छैन ।
अस्पतालमा कार्यरत एक कर्मचारीले भने यस घटनालाई ‘आकस्मिक दुर्घटना’ भनेका छन् ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

