कार्यपालिका बैठकमा उठेन ‘ल्याण्डफिल साइट’ को एजेन्डा
पाेखरा | मंसिर २६, २०७९
पोखराः पोखरा महानगरपालिकाको नवौं कार्यपालिका बैठक आइतबार बस्यो । बैठकले भवन तथा घर अभिलेखिकरणको म्याद थप गर्ने निर्णय गर्याे । महानगरले भवन तथा र अभिलेखिकरण गर्ने म्याद पुष २ गते सकिने भन्दै ३५ दिनको म्याद गरेको स्रोतले जानकारी गरायो ।
नवौं बैठकको बारेमा सुनगाभा न्यूजसँग कुरा गर्दै स्रोतले पोखरा महानगरभित्र अनुमति नलिई निर्माण भएका घर तथा भवनहरुलाई दर्ता गर्न ३५ दिन म्याद थप गर्ने निर्णय गरेका स्पष्ट पार्याे ।
‘पोखरा महानगरभित्र महानगरबाट नक्सापास नलिई ६० प्रतिशत भन्दा बढी घर भवन निर्माण भएका छन्, विना स्विकृति निर्माण भएका घर भवनहरुलाई राजस्व तथा करकोे दायरा ल्याउन म्याद थप गरिएको हो ।’ स्रोतले भन्यो ।
महानगरले भवन घरहरुलाई अभिलेखिकरण गर्न ३५ दिने म्याद थप गर्दै प्रत्येक वडामा आफ्नो घर भवन अभिलेखिकरण गर्न अनुरोधसमेत गरेको छ । यस्तै बैठकले केही महिनादेखि रोकिएको जग्गा कारोवार तथा भूमि वर्गीकरणसमेत खुल्ला गरेको छ ।
बैठकमा ल्याण्डफिल साइटले पाएन स्थान
पोखरा महानगरपालिकाको नवौं कार्यपालिका बैठकमा पोखरा अन्तरराष्ट्रिय विमानस्थतल सञ्चालनको पूर्वसर्त रहेको ‘ल्याण्डफिल साइट’ व्यवस्थापन बारे स्थान पाएन ।
यद्यपी महानगरपालिकाले पोखरा १४ मा फोहोर नफाल्ने जानकारी दिइसकेको छ । तर अहिले तर आफैले गरेको निर्णय पालना नगरी महानगरले सोही ल्याण्डफिलमा फोहोर फाल्दै आएको छ । पोखरा महानगरपालिकाका सूचना अधिकारी जीतेन्द्रजंग केसीले पोखरामा दैनिक उठ्ने फोहोर अहिले पोखरा १४ स्थितको ल्याण्डफिल साइटमा नै फाल्दै आएको बताए ।
महानगरको बैठकमा अनौपचारिक कुराकानीमा ल्याण्डफिल साइट कहाँ बनाउने भन्ने विषयमा कुराकानी भएपनि स्थान किटान गर्न नसकेको स्रोतको दाबी छ । यता महानगरका मेयर धनराज आचार्यले ल्याण्डफिल साइट टिकट काटेर हेर्ने बनाउने अभिव्यक्ति दिदैं आएका छन् । उनको उक्त अभिव्यक्तिमाथि कटाक्ष पनि हुदै आएको छ ।
कार्यपालिका बैठकमै सो विषयमले स्थान नपाएपनि उपयुक्त स्थानको खोजीमा रहेको महानगर स्रोतको दाबी छ । ‘अहिले प्राविधिक परिक्षणकै चरणमा छौं, स्रोतले भन्यो, ‘फाइनल नभएकै कारण स्थानको नाम बाहिर ल्याएका छैनौं ।’
पोखरा अन्र्तराष्ट्रिय विमानस्थलले पोखरा महानगरले प्रयोग गरिरहेको १४ स्थित ल्याण्डफिल साइट बन्द गर्न सुझाव दिएपछि महानगरपालिकाले विमानस्थल प्रशासनलाई कात्तिक १७ गते पत्रमार्फत मंसिर १७ देखि हाल प्रयोगमा रहेको ल्याण्डफिल साइटमा फोहोर नफाल्ने जानकारी दिएको थियो ।
म्याग्दी: म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने नारच्याङ भएर बग्ने नदीमा १६२ मेगावाट क्षमताका पाँच वटा जलविद्युत् आयोजना निर्माण भएका छन् । थप ६३ दशमलव तीन मेगावाट क्षमताको एउटा आयोजना निर्माणाधीन...
गण्डकी: मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत पोखरा–बागलुङ खण्डमा ठाउँपिच्छे परेका खाल्डाखुल्डीका कारण यातायात सञ्चालनमा जोखिम बढेको छ । पर्यटकीय राजधानी पोखरा जोड्ने मुख्य सडक बिग्रँदा यात्रु...
काठमाडौं: सरकारले जेन–जी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयमा आज बसेको बैठकले जेन(जी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा...

