पर्वत र पोखराका ३ किशोर किशोरी होटलमा भेटिए, करणी आरोपमा पक्राउ
बाग्लुङ | मंसिर २६, २०७९
बागलुङ: बागलुङको एक होटलमा लगि तीन नाबालिगलाई जबरजस्ती करणी गरेको आरोपमा तीन किशोर पक्राउ परेका छन् ।
गण्डकी प्रदेश प्रहरीका प्रहरी वरिष्ठ उपरिक्षक शारदा प्रसाद चौधरीका अनुसार पोखरा बस्ने तीन नाबालकलाई बागलुङकै विभिन्न स्थानबाट पक्राउ गरिएको हो ।
पक्राउ परेका उनीहरुले गत २४ गते पर्वतको कुष्मा नगरपालिकाका तीन जना नाबालिगलाई बागलुङ नगरपालिका २ स्थित समिटचोकमा रहेको होटलमा लगेर जबरजस्ती करणी गरेको अनुसन्धानबाट खुलेको एसएसपी चौधरीले बताए ।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालय बागलुङले हिजो ९आइतबार० बेलुकी ५ बजे पक्राउ गरि थप अनुसन्धान अघि बढाइएको गण्डकी प्रदेश प्रहरीले जनाएको छ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

