उपाधि नजिक पुग्न अर्जेन्टिना र क्रोएसिया आज भिड्दै
काठमाडाैं | मंसिर २७, २०७९
काठमाडौं: कतारमा जारी फिफा विश्वकप फुटबलको उपाधि नजिक पुग्न आज अर्जेन्टिना र क्रोएसिया पहिलो सेमिफाइनल खेल्दैछ ।
कतार विश्वकपको पहिलो सेमिफाइनलमा आज अर्जेन्टिना र क्रोएसियाबीच राति १२ः४५ बजे सुरु हुनेछ । अर्जेन्टिनाका लागि लियोनल मेस्सीले र क्रोएसियाका लागि लुका मोड्रिचले कप्तानी सम्हाल्नेछन् ।
अर्जेन्टिनाले यसअघि क्रोएसियासँग पाँच पटक भिडिसकेको छ । अर्जेन्टिना यसपटकपनि क्रोएसियालाई पारजित गर्दै विश्वकपको फाइनल पुग्ने योजनामा रहेको छ । अर्जेन्टिनाले यसअघि दुई पटक विश्वकप जितिसकेको छ ।
सन् २०१८ मा उपविजेता बनेको क्रोएसियाले यसपटक विश्वकपको उचाल्ने योजनामा छ । अहिलेसम्म क्रोएसियाले विश्वकप उपाधि जित्न सकेको छैन ।
यसअघि समूह चरणको भेटमा क्रोएसियाले अर्जेन्टिनालाई ३–० ले हराएको थियो ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

