चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जारि
काठमाडाैं | मंसिर २७, २०७९
पोखरा: स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद ” भन्ने मुल नाराका साथ माछापुछ्रे गाउँपालिकाको आयोजनामा भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको दास्रो दिन विभिन्न विदाका खेल सम्पन्न भएको छ ।
सोमबार भएको पहिलो खेल ज्यामलिङग छात्रा तर्फ प्रथम निष्पक्ष मा.वि कि मोनिका जौसी, द्धितिय उदय मा.वि कि बर्षा सुनार ,तृतिय शारदा मा.वि कि सलिना सुनार साथै छात्र तर्फ प्रथम अमृत भौजाकोटी, द्धितिय माछापुछ्रेमा.वि का निरान परियार ,तृतिय सुकलागण्डकीका अभिषेक नेपालीले जित हात पारेका छन् ।
३००० मि. दौड छात्र तर्फ प्रथम शुकलागण्डकीका मनविर कार्की ,द्धितिय गौरीशंकर मनिलालका देव बहादुर क्षेत्री , तृतिय महेन्द्र मा.वि का रोहित सुनार भएका छन् । छात्रा तर्फ प्रथम गौरीशंकर मनिलाल मा.वि कि विन्दु वि.क ,द्धितिय माछापुछ्रे मा.वि कि शुष्मा कुँवर ,तृतिय उदय मा.वि की गंगा कुमाईले जित्न सफल भए ।
लङजम्पको फाईनलमा छात्र तर्फ प्रथम माछापुछ्रेमा.विका रोजित वि.क ,द्धितिय महेन्द्र मा.विका अरुण परियार ,तृतियमा ज्ञानज्योती इ.बो.स्कुलका एमरण थापा भएका छन् । छात्रा तर्फ पृथ्वीनारयण मा.वि की बिनिता वि.क , द्धितिय महेन्द्र मा.कि कुसुम नेपाली , तृतियमा गौरीशंकर मनिलाल मा.वि की दिक्षाँ दाहालले जितेका छन् ।
हाईजम्प छात्रा तर्फ प्रथम सोया सुनार, ज्ञानज्योती ई.वो.स्कुल द्धितिय पुजा भुजेल, भुमेश्वर मा.वि तृतिय करुण कुमाइ ,उदय मा।वि साथै छात्र तर्फ प्रथम अमन नेपाली , महेन्द्र मा.वि द्धितिय सुजन बुढाथोकी, निष्पक्ष मा.वि र तृतिय शारदामा विका निसान परियार भएका छन् ।
मंसिर २५ गतेदेखि सुुरु भएको खेल २७ गतेसम्म महेन्द्र माध्यमिक विद्यालयको खेलमैदान लाहाचोकमा हुनेछ । सरकारले विद्यालयतहबाटनै खेलकूद प्रतिभाको खोजी गर्दै सम्वद्र्धन र प्रवद्र्धन गर्ने लक्ष्य सहित देशको संघीय संरचना अनुसार स्थानीय, प्रदेश र संघस्तरीय राष्ट्रपति रनिङ शिल्ड आयोजना गर्दै आएको छ । राष्ट्रपति रनिङ शिल्ड एक राष्ट्रिय स्तरको विद्यालयस्तरीय खेलकुद प्रतियोगिता हो ।
मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् । रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...
निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ । ...
काठमाडौँ: निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ । आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

