प्रतिनिधिसभा निर्वाचनबाट जसपामा ३२ जना निर्वाचित(सूचीसहित)
काठमाडाैं | मंसिर २७, २०७९
काठमाडौं: मंसिर ४ को प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनबाट जनता समाजवादी पार्टी नेपाल (जसपा) मा ३२ जना निर्वाचित भएका छन् । प्रतिनिधिसभातर्फ ७ जना प्रत्यक्षमा निर्वाचित भएका छन् भने समानुपातिकबाट ५ जनाको नाम सिफारिस भएको जसपाले जनाएको छ ।
यस्तै प्रदेश १ बाट समनुपातिकतर्फ १ जना चयन भएका छन् भने मधेस प्रदेशमा ७ जना चयन भएका छन् । यस्तै मधेस प्रदेशमा प्रत्यक्षबाट ९ जना निर्वाचित भएका छन् । यसैगरी लुम्बिनी प्रदेशमा प्रत्यक्षतर्फ २ जना निर्वाचित हुँदा समानुपातिकबाट १ जना चयन भएको केन्द्रीय सूचना, सञ्चार प्रकाशन तथा प्रचार विभागका प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबाट निर्वाचित प्रतिनिधि सभा सदस्यहरु
१. अशोककुमार राई, सुनसरी १
२. राजकिशोर यादव, सिराहा २
३. रामसहायप्रसाद यादव, बारा २
४. नवलकिशोर साह, सप्तरी १
५. विरेन्द्र महतो, सिराहा ४
६. दीपक कार्की, धनुषा १
७. प्रदीप यादव, पर्सा १
समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित प्रतिनिधि सभा सदस्यहरु
१. प्रकाश अधिकारी (सिराहा)
२. सुशिला श्रेष्ठ (उदयपुर)
३. रेखा यादव थापा (मोरङ)
४. रञ्जु कुमारी झा (सप्तरी)
५. सहनाज रहमान (झापा)
प्रदेश नं १
समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित प्रदेश सभा सदस्य
१. निर्मला लिम्बु (ताप्लेजुङ)
मधेश प्रदेश
पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबाट निर्वाचित प्रदेश सभा सदस्यहरु
१. मो. लालबाबु राउत, पर्सा १ (ख)
२. सरोजकुमार यादव, बारा १(ख)
३. राजकुमार गुप्ता, सिराहा १(ख)
४. सरोजकुमार सिंह महोत्तरी ४ (ख)
५. राम आशिष यादव, धनुषा २ (ख)
६. बच्चा राउत अहिर, बारा २ (ख)
७. सञ्जय कुमार यादव, सर्लाही ३ (ख)
८. सिहासन सा कलवार, पर्सा ४ (क)
९. शेख अबुलकलाम आजाद, रौतहट ४ (ख)
मधेश प्रदेश
समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित प्रदेश सभा सदस्यहरु
१. मनिस कुमार सुमन (सप्तरी)
२. विन्दुकुमारी यादव (सर्लाही)
३. किरणकुमारी साह (सप्तरी)
४. शोभा देवी (रौतहट)
५. ललिता दास (सिराहा)
६. साहिदा खातुन (सिराहा)
७. ममता देवी मण्डल (धनुषा)
लुम्बिनी प्रदेश
पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबाट निर्वाचित प्रदेश सभा सदस्यहरु
१. आदेशकुमार अग्रवाल, बाँके २ (क)
२. भण्डारीलाल अहिर, बाँके २ (ख)
लुम्बिनी प्रदेश
समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित प्रदेश सभा सदस्य
१. अम्बीका काफ्ले(बर्दिया)
चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ । कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...
पोखरा —चङ्गा प्रोडक्सनको आयोजनामा पोखरा रङ्गशालाको कभर्ड हलमा सम्पन्न ‘चङ्गा अल–स्टार फुटसल २०२६’ प्रतियोगितामा टिम प्याराडाइम च्याम्पियन बनेको छ । फाइनल खेलमा टिम क्रियटरलाई...
पोखरा —प्रोडक्सनको क्षेत्रमा लोकप्रिय तथा चर्चित चङ्गा प्रोडक्सनले पोखरा रङ्गशालाको कभर्ड हलमा आगामी शुक्रबार आयोजना गर्ने “चङ्गा अल–स्टार फुटसल २०२६“ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ...

