पोखरामा आजदेखि पार्किङ शुल्क उठाउन नपाइने
पाेखरा | मंसिर २८, २०७९
कास्की: पोखरा महानगरपालिका भित्रका विभिन्न स्थानमा उठाइदै आएको कार तथा मोटरसाइकल पार्किङ शुल्कको ठेक्का सकिएको छ ।
पोखरा महानगरपालिका र फेवा सावित्री सँयुक्त कम्पनीबीच भएको सम्झौता हिजो (मंसिर २७ मंगलबार ) समाप्त भएसँगै आजदेखि कार तथा मोटरसाइकलको पार्किङ शुल्क उठाउन नपाइने महानगरले बताएको छ ।
अब महानगरले अर्काे ठेक्का सम्झौता नगरेसम्म आम नागरिकले पोखरा महानगरभित्र निशुल्क पार्किङ गर्न सक्नेछन् ।
महानगरले फेवा सावित्री सँयुक्त कम्पनीसँग ३ करोड १६ लाख ६० हजार रुपैयाँमा २०७७ सालको मंसिर १४ गते २ वर्षका लागि सम्झौता गरेको थियो ।
मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् । रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...
निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ । ...
काठमाडौँ: निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ । आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

