गरगहनासहित २७ लाख चोरी आरोपमा पर्वतकी टीका प्रकाउ
पाेखरा | मंसिर २९, २०७९
पोखराः जिल्ला प्रहरी कार्यालय कास्कीले गरगहणासहित २७ लाख बढी रकम चोरी गरेको आरोपमा पर्वतकी एक महिलालाई प्रकाउ गरेको छ ।
वृद्धा महिलाहरुलाई ललाई फकाई पोखराको विभिन्न स्थानबाट गरगहनासहित २७ लाख बढी रकम चोरी गरेको आरोपमा पर्वतको मोदी गाउँपालिका ६ घर भएका ३४ वर्षीय टीका श्रेष्ठलाई प्रहरीले बुधबार पोखरा ४ गणेश टोलबाट प्रकाउ गरेको हो ।
श्रेष्ठले २७ लाख २ हजार ५८ रुपैया बराबरको गहना चोही गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त प्रहरी प्रवक्ता ज्ञानबहादुर खड्काले जानकारी दिए ।

उनका अनुसार श्रेष्ठले पोखरा ११ रानीपौवाका ७८ वर्षीय दुर्गा कुमारीको पाध्यको २ लाख ६१ हजार ५८ रुपैया, पोखरा १३ बस्ने ८३ वर्षीय रिखीमाया सापकोटाको सुनको गहना ३ लाख बराबरको , पोखरा १२ माटेपानीका ७० वर्षीय तिल कुमारी थापाको ८ लाख, पोखरा १२ बस्नै ९० वर्षीय शान्ति माया गुरुङको ३ लाख ५५ हजार २ सय ५० रुपँया चोरी गरेको खुल्न आएको हो ।
यस्तै पोखरा १५का ५४ वर्षीय सिता माया गिरीको २५ हजार, पोखरा २७ बस्ने ६५ वर्षीय मधुमाया पौडेलको ३ लाख ५७ हजार, पोखरा १० बस्ने ८२ वर्षीय डुमा देवी थापाको ६ लाख ९ हजार सहित २७ लाख २ हजार ५८ रुपैया तथा गहना चोरी गरेको निमित्त प्रवक्ता खड्काले बताए ।
प्रकाउ परेका श्रेष्ठलाई जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँका सम्बन्धी मुद्धामा ५ दिनको म्याद थप गरी अनुुसन्धान अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
पोखरा: गण्डकी प्रदेशका युवालाई आत्मनिर्भर, उद्यमशील र व्यावसायिक रूपमा सशक्त बनाउन लक्षित ३ महिनाको (३९० कार्यघण्टा) विभिन्न सीपमूलक तालिम कार्यक्रमहरूको आज औपचारिक रूपमा उद्घाटन गरिएको छ । साम...
पोखरा: पोखरामा जारी नवौं पिभिटिसी क्लबस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ झिर हाउस बागलुङ र लालीगुराँस लामाचौर फाइनलमा प्रवेश गरेका छन् । पोखरा महानगरपालिका–३ नदिप...
म्याग्दी: म्याग्दीमा प्रमुख खाद्यान्नबालीका रूपमा रहेको धानको उत्पादन यस वर्ष बढेको छ। गत वर्षको तुलनामा तीन दशमलव एक प्रतिशतले धान उत्पादन वृद्धि भएको कृषि विकास कार्यालयले जनाएको छ। अनुकूल मौसम, रोग...

