गरगहनासहित २७ लाख चोरी आरोपमा पर्वतकी टीका प्रकाउ
पाेखरा | मंसिर २९, २०७९
पोखराः जिल्ला प्रहरी कार्यालय कास्कीले गरगहणासहित २७ लाख बढी रकम चोरी गरेको आरोपमा पर्वतकी एक महिलालाई प्रकाउ गरेको छ ।
वृद्धा महिलाहरुलाई ललाई फकाई पोखराको विभिन्न स्थानबाट गरगहनासहित २७ लाख बढी रकम चोरी गरेको आरोपमा पर्वतको मोदी गाउँपालिका ६ घर भएका ३४ वर्षीय टीका श्रेष्ठलाई प्रहरीले बुधबार पोखरा ४ गणेश टोलबाट प्रकाउ गरेको हो ।
श्रेष्ठले २७ लाख २ हजार ५८ रुपैया बराबरको गहना चोही गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त प्रहरी प्रवक्ता ज्ञानबहादुर खड्काले जानकारी दिए ।

उनका अनुसार श्रेष्ठले पोखरा ११ रानीपौवाका ७८ वर्षीय दुर्गा कुमारीको पाध्यको २ लाख ६१ हजार ५८ रुपैया, पोखरा १३ बस्ने ८३ वर्षीय रिखीमाया सापकोटाको सुनको गहना ३ लाख बराबरको , पोखरा १२ माटेपानीका ७० वर्षीय तिल कुमारी थापाको ८ लाख, पोखरा १२ बस्नै ९० वर्षीय शान्ति माया गुरुङको ३ लाख ५५ हजार २ सय ५० रुपँया चोरी गरेको खुल्न आएको हो ।
यस्तै पोखरा १५का ५४ वर्षीय सिता माया गिरीको २५ हजार, पोखरा २७ बस्ने ६५ वर्षीय मधुमाया पौडेलको ३ लाख ५७ हजार, पोखरा १० बस्ने ८२ वर्षीय डुमा देवी थापाको ६ लाख ९ हजार सहित २७ लाख २ हजार ५८ रुपैया तथा गहना चोरी गरेको निमित्त प्रवक्ता खड्काले बताए ।
प्रकाउ परेका श्रेष्ठलाई जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँका सम्बन्धी मुद्धामा ५ दिनको म्याद थप गरी अनुुसन्धान अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
पोखरा । ताङतिङ दूधपोखरी तमु समाजको अध्यक्षमा पहिलोपटक महिला नेतृ चन्द्रमाया गुरुङ चयन भएकी छन् । समाजको दशौँ अधिवेशनले गुरुङको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । &nb...
कर्णाली: नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा बेहोस भए । बेहोसीमै कर्णाली प्रदेश अस्पताल पुर्याइएका उनको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सू...
महेन्द्रनगर: कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेका सामानसहित चार जना भारतीयलाई पक्राउ गरेको छ । बेलौरी नगरपालिका–१ खल्लाबाट भन्सार छलेर नेपाल...

