विश्वकप फुटबलको सट्टेबाजी गराएको आरोपमा दुई पक्राउ

काठमाडाैं | पुस ३, २०७९

विश्वकप फुटबलको सट्टेबाजी गराएको आरोपमा दुई पक्राउ

काठमाडौंँ:   कतारमा जारी विश्वकप फुटबलको सट्टेबाजी गराएको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–१६ घर भएका सुनिल चौगुठी र भक्तपुर नगरपालिका–१२ घर भएका अजय भेले छन् ।


आरोपीहरूलाई भक्तपुरबाट पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता (एसपी) कृष्ण कोइरालाले  बताए । 


सुनिल चौगुठीले ३ करोड बढीको कारोबार गरेको अनुसन्धानबाट थाहा भएको छ । विश्वकप फुटबल अन्तर्गत आइतबार राति अर्जेन्टिना र फ्रान्सको बिचमा फाइनल खेल हुँदै छ ।


अपराध अनुसन्धान कार्यालयले यसअघि सट्टेबाजी धन्दामा संलग्न पाल्पाका रुद्र प्रसाद पोखरेल र भारतीय नागरिक पवन कुमार शर्मा सहित ४ जनालाई पक्राउ गरेर मुद्दा चलाएको छ ।

पोखरा ।    पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक १० वर्षीय बालकको ज्यान गएको छ ।   पोखरा महानगरपालिका–१८ खपौदीका आरेस लामाको बिहीबार बिहान तालमा पौडी खेल्ने क्रममा डुबे...

थप पढ्नुहोस्

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्