सहज ट्रेड बचत तथा ऋण सहकारीको १० औं साधारण सभा सम्पन्न

पाेखरा | पुस ३, २०७९

सहज ट्रेड बचत तथा ऋण सहकारीको १० औं साधारण सभा सम्पन्न

पोखरा:    सहज ट्रेड बचत तथा ऋण सहकारी संस्थाको १० औ साधारण सभा सम्पन्न भएको छ । साधारण सभाको संस्थाका जेष्ठ सदस्य खगेन्द्रमान ताम्राकारले उद्घाटन गर्नुभयो ।  उद्घाटन समारोहमा बोल्दै खगेन्द्रमान ताम्राकारले संस्थाकै जेष्ठ सदस्यलाई प्रमुख अतिथि बनाएर सहकारीका सेयर सदस्यहरुलाई उत्साह थप्ने काम गरेको वताउदै सहकारीमा आवद्ध सम्पूर्णले सहकारीको मर्म अनुसार काम गर्दै सहकारीलाई उत्कृष्ट बनाउनतर्फ लाग्नुपर्नेमा जोड दिनुुभयो । त्यस्तै संस्थाका सल्लाहकार टुव राज बास्तोलाले सहकारीको सिद्धान्त अनुसार सहकारी अगाडि वढ्दै उत्पादनशील क्षेत्र संगै ब्यवशायी क्षेत्रमा सहकारीले कर्जा प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो । 


सो अवसरमा स्नातक र  स्नाकोत्तर उतीर्ण भएका  सहकारीमा आवद्ध शेयर सदस्यहरुका छोराछोरीहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा शेयर सदस्यहरु विश्व हरि जोशी र अनिता जोशीका सुपुत्री एलिना जोशी (ब्याचलर अफ साइन्स एण्ड नर्सिङ) विशिष्ट श्रेणीमा उतीर्ण, नविन नापित र कमला नापितका सुपुत्र र सुपुत्री सृष्टी नापित (बीडिएस) प्रथम श्रेणीमा उतीर्ण र अभिषेक नापित (ब्याचर अफ साइन्स) द्धितिय श्रेणीमा उतीर्णलाई सम्मान गरिएको थियो । सोही कार्यक्रममा उत्कृष्ट बचत गर्ने शेयर सदस्यहरु जुनाकुमारी पोख्रेल पन्त, राजु श्रेष्ठ, आरती गुरुङ, रामकुमारी गुरुङ, पवन श्रेष्ठ र मोहनमान जोशीलाई सम्मान गरिएको थियो । 


कार्यक्रममा संस्थाका अध्यक्ष श्यामकृष्ण बास्तोला, सचिव सचिव चिन्तामणी बास्तोला, कोषाध्यक्ष माधव तिमिल्सिना र लेखा समिति संयोजक राजु श्रेष्ठले अध्यक्ष, सचिव, कोषाध्यक्ष र लेखा समितिको प्रतिवेदनमाथी सभाले अनुमोदन गरेको थियो । कार्यक्रमाम स्वागत मन्तब्य संस्थाका उपाध्यक्ष सरिता ताम्राकारले गर्नुभएको थियोभने सहकारीको सात सिद्धान्तको बाचन अध्यक्ष चिन्तामणी बास्तोलाले गर्नुभएको थियो । ६ सय ४३ शेयर सदस्य रहेको सहकारीमा ५ करोड १६ लाख ६ सय शेयर पुंजी रहेको छ । 
 

भक्तपुर: नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उहाँको निवासबाटै पक्राउ पर्नुभएको छ ।   सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित भाडाको घरमा बस्दै आउनुभएका ओलीलाई आज बिहानै प्रह...

थप पढ्नुहोस्

भक्तपुर: पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई प्रहरीले आज बिहान निवासबाटै पक्राउ गरेको छ ।   जेनजी आन्दोनलको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वको आयोगले ...

थप पढ्नुहोस्

काठमाडौं:  नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ ।      राष्ट्रपति रामचन्द्र पौडेलले आज नवनियुक्त प्रधानमन्त्री शाहको उपस्थितिमा राष्ट्रपतिको कार्या...

थप पढ्नुहोस्