कास्की पोखरा समाज जापानको अध्यक्षमा अधिकारी सर्वसम्मत चयन

पाेखरा | पुस ४, २०७९

कास्की पोखरा समाज जापानको अध्यक्षमा अधिकारी सर्वसम्मत चयन

पोखराः   सन्देश अधिकारी कास्की पोखरा समाज जापानको ५ औं अधिवेशनबाट अध्यक्षमा सर्वसम्मत चयन भएका छन्  । आइतबार सम्पन्न भएको कास्की पोखरा समाज जापान टोकियोले  ५ औं अधिवेशनबाट अधिकारीको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । 


समितिको वरिष्ठ उपाध्यक्षमा अन्जु भण्डारी, उपाध्यक्षमा सुरेश लामिछाने, कमल वास्तोला, विशु भण्डारी, राजु पौडेल, दीपक सुनार, मनोज तिवारी र भुपेन्द्र पराजुली चयन भएका छन् । समितिको महासचिवमा सरोज कार्की सचिवमा जिवन पोखरेल, कोषाध्यक्षमा तोयानाथ ढकाल, सहकोषाध्यक्षमा सुर्य कँडेल चयन भएका हुन् । 


समितिको सदस्यमा प्रेम दाहाल, कुमार सापकोटा, तारानाथ बराल, कुल प्रसाद बास्तोला, कुमार सापकोटा, बिजय गुरुङ, रमेश दाहाल, प्रताप सुवेदी र प्रदिप सापकोटा चयन भएको निवर्तमान अध्यक्ष विश्व सुवेदीले जानकारी दिए । 


सन् २०१४ मा स्थापना भएको कास्की पोखरा समाज जापानको कार्यसमिति सदस्यहरुको संयुक्त बैठकबाट सर्वसम्मत २३ सदस्य कार्यसमिति र २ जना पछि मनोनित गर्ने गरी कार्यसमिति गठन गरेको थियो । 

पोखरा:  गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले संघीयतालाई बलियो बनाउन प्रदेश बलियो बनाउन आवश्यक रहेकोमा जोड दिनुभएको छ ।   गण्डकी प्रदेश स्थापना दिवसको अवसरमा आयोजित समारोहमा प्रमुख अतिथ...

थप पढ्नुहोस्

  पोखरा महानगरपालिका–१ टुंडिखेलस्थित खेलमैदानमा आज (बिहीबार) देखि ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता’ सुरु भएको छ ।   बुद्धटोल ...

थप पढ्नुहोस्

जेनजी आन्दोलनका क्रममा लुटिएको इन्सास राइफलसहित कास्की प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।   कास्की प्रहरीले महोत्तरी स्थायी घर भई हाल जिल्ला पोखरा–९, नयाँबजार बस्ने १८ वर्षीया रवि चौधरी र भार...

थप पढ्नुहोस्