नेप्सेमा दोहोरो अंकको वृद्वि, कारोबार रकम ९३ करोड माथि
काठमाडाैं | पुस ५, २०७९
काठमाडौं: सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । साताको तेस्रो कारोबार दिन मंगलबार बजार परिसूचक नेप्से १४.२२ अंक (०.७६ प्रतिशत) ले वृद्धि हुँदा १८७३.११ बिन्दुमा पुगेर बन्द भएको छ ।
मंगलबार कुल २५७ धितोपत्रको २३ हजार ३४४ वटा कारोबारबाट ३० लाख २२ हजार ५२ कित्ता सेयर किनबेच भएको छ । यस दिन कारोबार रकम ९३ करोड ८ लाख ३९ हजार ९०१ रुपैयाँको भएको छ । मंगलबार सबै उपसूचकमा हरियाली देखियो । सबैभन्दा धेरै ‘अन्य’ उपसूचकको मूल्य २.३१ प्रतिशतले बढेको छ । आँधीखोला लघुवित्त वित्तीय संस्था र समृद्धि लघुवित्त वित्तीय संस्थाको मूल्यमा सकारात्मक सर्किट लागेको छ । धौलागिरि लघुवित्त वित्तीय संस्थाको मूल्य समेत ९.९९ प्रतिशतले बढ्यो । सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको ७.६२ र मन्दाकिनी हाइड्रोको मूल्य ४.७१ प्रतिशतले वृद्धि भएको छ ।
काठमाडौं: तिहारको तेस्रो दिन आज घरघरमा कुकुरलाई पूजा गरी मीठा खानेकुरा दिइ कुकुर तिहार मनाइँदैछ। कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भएपनि यस वर्ष तिथिको घटबढका कारण तेस्र...
–शिवहरि सुवेदी केन्द्रीय सदस्य, राष्ट्रिय युवा संघ नेपाल ईन्चार्ज , राष्ट्रिय युवा संघ जिल्ला कमिटी, कास्की नेपाल आज पुन: एक निर्णायक युगमा छ । जहाँ पुरानो राजनीतिक ढाँचा, भू–राजनी...
काठमाडौं: आगामी अक्टोबर २६ देखि नोभेम्बर ५ सम्म युएईमा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ का लागि नेपालले आफ्नो अन्तिम टोली घोषणा गरेको छ। कप्तान रोहित पौडेलको नेतृत्वमा १५ सदस्यीय टोली तयार पारिए...

