नेता-कार्यकर्ताबीचकाे सहमतीपछि खुल्यो राप्रपा गण्डकी कार्यालयको ताला
पाेखरा | पुस ६, २०७९
पाेखरा: राष्ट्रिय प्रजातन्त्र पार्टी गण्डकीमा १० दिनदेखि लागेको ताला खुलेको छ । राप्रपा कास्की र गण्डकी प्रदेश समितिको संयुक्त प्रयासमा ताला खुलाइएको हो ।
जिल्ला र प्रदेश कार्यालय एउटै भवनमा भएकाले तालाबन्दीले जिल्ला कार्यालयसमेत प्रभावित भएको थियो । राप्रपाले गण्डकी प्रदेश सभामा पाएको २ जना समानुपातिक सांसद कास्की भन्दा बाहिरी जिल्लाबाट छनौट गरिएको भन्दै विवाद चर्किएको थियो । विवादका कारण कास्कीका कार्यकर्ताले पार्टीको जिल्ला कार्यालयमा तालाबन्दी गरेका थिए ।
राप्रपाले गण्डकीमा ५९ हजार ४८३ मत पाएका थिए । प्रत्यक्षमा एउटा क्षेत्र पनि नजितेको राप्रपाले समानुपातिकमा पाएको उक्त मतबाट २ जना सांसद पाएको थियो । गण्डकी प्रदेश सभामा राप्रपाले समानुपातिकबाट प्रदेश अध्यक्ष पञ्चराम गुरुङ र केन्द्रिय सदस्य बिन्दु पहाडी छनौट भएका थिए । समानुपातिक सांसद छनौटमा असन्तुष्ट बनेर तालाबन्दी गरेका कार्यकर्तालाई जिल्ला अध्यक्ष नारायण गुरुङले संझाएका थिए ।
राप्रपा गण्डकीका अध्यक्ष गुरुङ र जिल्ला अध्यक्ष नारायण गुरुङले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनसँग भेटवार्ता गरेपछि ताला खुलेको हो ।
पार्टीभित्र देखिएका समस्या छलफलबाट समाधान निकाल्ने, आगामी दिनमा त्रुटी सच्याउने र पार्टी कार्यालयलाई चुस्त राख्ने सहमति भएपछि कार्यालय खुलेको राप्रपा कास्कीका प्रवक्ता अरुण गिरीले जानकारी दिए । ‘लामो समय पार्टी कार्यालय बन्द रहँदा समस्या झनै बढ्छ,’ गिरीले भने, ‘नेता– कार्यकर्ताबीच सहमति भएपछि बुधबारदेखि पार्टी कार्यालय खोलेर सुचारु गरिएको छ ।’
समानुपातिक सांसद छनौटमा असन्तुष्ट बनेर तालाबन्दी गरेका कार्यकर्तासंग जिल्ला अध्यक्ष नारायण गुरुङ, भातृ सङगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन गण्डकीका अध्यक्ष सचिन जंग थापा, युवा संगठन कास्कीका अध्यक्ष निरज शर्मा लगाएतको टोलिले छलफल गरेरपछि सहमति जुटेको थियो ।
मुस्ताङ: मुस्ताङको लोघेकर दामोदरकुण्ड–४ याराबाट दामोदरकुण्ड हुँदै सरेबुङ पास क्षेत्रका लागि निस्किएका १४ जना पर्यटक तथा पदयात्री केहीबेर अघि जिल्ला प्रशासन कार्यालय मुस्ताङको सम्पर्कमा आएका छन् । ...
मुस्ताङ: मुस्ताङ र मनाङ जोड्ने पर्यटकीय पदमार्ग सरिबुङ पास गएका १४ जना पदयात्री तीन दिनदेखि सम्पर्कविहीन भएका छन् । यहाँको लोघेकर दामोदरकुण्ड–४ याराबाट दामोदरकुण्ड हुँदै सरिबुङ पास हुँ...
काठमाडौं: २०८२ भदौ २३ र २४ गतेको ‘जेनजी’ प्रदर्शनका क्रममा सार्वजनिक सम्पत्ति, भौतिक संरचना तथा निजी प्रतिष्ठानमा भएको क्षतिको मूल्याङ्कन गर्न तथा पुनःनिर्माण योजना तयार गर्नका लागि अध्ययन गर्न ...

