बाजुरामा भुवा पर्वको रौनक सुरु

बाजुरा | पुस ८, २०७९

बाजुरामा भुवा पर्वको रौनक सुरु तस्बिर साभार

बाजुरा:  ए यो भुवो काँ जादोः भस्सा रे भस्सा । ए दै केला खान, भस्सा रे भस्सा ।। ए भुवा ए भुवा भस्सा भस्सा भस्साइरे। भस्सा ।।


भुवापर्व सुरु गरेर भुवा छोड्ने बेला र गाउँमा भुवा माग्न जाने बेलामा भुवा र भस्सो खेल्नेहरुले बाजुरामा यो भाका वाचन गर्ने गर्छन् । बाजुरामा आजदेखि भुवापर्व खेल्न सुरु गरिएको छ । कतै बिहीबार राति र कतै शुक्रबार बिहानदेखि भुवा खेल्ने ठाउँमा यहाँका स्थानीयले ठूला मुढा बालेर भुवा पर्व सुरु गरेका हुन्  ।


बाजुराका विभिन्न ठाउँमा यसरी भुवा पर्व खेल्न सुरु भएपछि जताततै भुवा पर्वमा बजाइने दमाहा बाजाको निकै रौनकता छाएको छ । पुस महिनाको चतुर्दशी तथा औँसीको अघिल्लो रातबाट मुढा बालेर सुरु गरिने भुवा पर्वलाई यहाँका स्थानीयले दौरा सुरुवाल लगाउँदै हातमा ढाल तरवार समातेर भुवा खेल्न थालेपछि बाजुरामा भुवा भस्सोको रौनक छाउन थालेको छ । 


त्रेतायुगमा पाण्डव र कौरबबीचको लडाइँ सकिएपछि पाण्डव पक्षले जितको खुसियाली मनाएको दिनमा भुवापर्व मनाउने गरेको किंवदन्ती छ । यसै मान्यताका साथ सुदूरपश्चिमका विभिन्न जिल्लामा भव्य रुपमा मनाइने यो पर्व बाजुरावासीले यो वर्ष पनि हर्ष र उल्लासका साथ भुवा पर्व मनाएका छन् ।


केही वर्षअघि कोरोनाको कहरका कारण यो पर्व मनाइएको थिएन । यो वर्ष बाजुराका विभिन्न ठाउँमा भव्य रुपमा भुवा पर्व खेल्न सुरु गरिएको छ । जिल्लाको बडिमालिका, बूढीगङ्गा, त्रिवेणी र बूढीनन्दा, गौमुल, खप्तड छेडेदह, स्वामिकात्तिक, हिमाली, जगनाथलगायतका स्थानीय तहमाका विभिन्न गाउँमा आजबाट यो वर्ष भुवा पर्व विशेष रुपमा मनाउने गरिन्छ । 


भुवा पर्व सुदूरपश्चिमको एक विशेष पर्व हो । यो पर्व पुसे औंसीको दिनदेखि सुरु हुन्छ । भुवा पर्व मनाउन यहाँका विदेश गएका स्थानीय यतिबेला धमाधम गाउँ फर्किएका छन् । विगतका केही वर्ष कोरोनाको कहरमा भुवा पर्व मनाउन नपाएकाहरु यतिबेला भुवापर्व मनाउन गाउँ फर्किएका हुन् ।


खप्तड छेडेदह गाउँपालिका –७ का स्थानीय भीम नेपालीले धेरै वर्षसम्म जागिरको सिलसिलामा गाउँमा आउन नपाएकाहरु अहिले गाउँ फर्किएको बताउनुभयो । कोरोना कहरले दुई वर्षसम्म यो पर्व खेल्न नपाएकाहरु यतिबेला गाउँमा आएर ढाल तरवार समात्दै अहिले भुवा खेल्न थालेको उहाँको भनाइ छ । 


बाजुराका स्थानीय जोतिष कृष्णराज जोशीले, पाण्डव र कौरवको लडाइँमा रात परेपछि उज्यालो आवश्यक भएकाले राँको सल्काई लडाइँ सुरु गरेको स्मरणमा यहाँका स्थानीयले मध्यरातमै राँकेजुलुस निकालेर भुवापर्व सुरु गर्नेगरेको बताउनुभयो । गोरखापत्र 

पोखरा:   गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले इस्लाम धर्मावलम्बीहरूको पवित्र पर्व ईद–उल–अज्हा (बकर इद)–२०८२ को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।   आज एक शुभकामना सन्दे...

थप पढ्नुहोस्

काठमाडौं: सरकारले भोलि (शनिवार)  इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद (ईद–उल–अजहा) का दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।  सरकारले पर्वको शुभकामना सहित बिदा दिने निर्णय गरेको...

थप पढ्नुहोस्

पोखरा: पोखरा महानगरपालिका १ मोहरिया टोलस्थित विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा शुक्रबारीय कार्यक्रम अन्तर्गत अंग्रेजी हिज्जे प्रतियोगिता सम्पन्न भएको छ ।    अंग्रेजी हिज्जे प्रतियोगितामा आधारभुत तहमा...

थप पढ्नुहोस्