उपाधि दावेदार स्याङ्जा सेमिफाइनल प्रवेश
बागलुङ र नवलपुरको लिग चरणको अन्तिम खेल बाँकी
पाेखरा | पुस ८, २०७९
पोखराः पोखरामा जारी गण्डकी प्रदेश स्तरीय भलिबल प्रतियोगितामा उपाधि दावेदार मानिएको जिल्ला भलिबल स्याङ्जा सेमिफाइनल प्रवेश गरेको छ ।
गण्डकी प्रदेश भलिबल संघको आयोजनामा भइरहेको प्रथम गण्डकी प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगितामा समूह ‘ख’ को विजेता बन्दै जिल्ला भलिबल संघ स्याङ्जा सेमिफाइनल प्रवेश गरेको हो ।
स्याङ्जाले लिगचरणको खेलमा जिल्ला भलिबल संघ तनहुँलाई ३–२ को सेटमा पराजित गर्दै समूह ‘ख’ को विजेता बन्दै स्याङ्जा सेमिफाइनल प्रवेश गरेको हो । स्याङ्जाले तनहुँलाई १८–२५,२५–१२, २५–१९, २५–१७ र १५–११ ले पराजित गर्दै समूह विजेता बन्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो ।
यस्तै समूह ‘ख’ बाट उपविजेता बन्दै जिल्ला भलिबल कास्की सेमिफाइनल प्रवेश गरेको छ । समूह ‘ख’मा स्याङ्जाको ८ अङ्क र कास्कीको ६ अङ्कका साथ सेमिफाइनल प्रवेश गरेको गण्डकी प्रदेश भलिबल संघका महासचिव टहलसिंह थापा मगरले बताए ।
समूह ‘क’ तर्फको नवलपुर र बागलुङ पनि एक खेल अगावै सेमिफाइनल प्रवेश गरेको छ ।
जिल्ला भलिबल संघ बागलुङ र नवलपुरको लिग चरणको अन्तिम खेलमा रात परेपछि खेल अवरुद्ध भएको थियो । समूह ‘क’बाट बागलुङ र नवलपुर सेमिफाइनल प्रवेश गरेपनि समूह विजेताको अन्तिम टुङ्गो लगाउन लिग चरणको अन्तिम खेल भोलि (शनिबार ) हुने गण्डकी प्रदेश भलिबल संघले जनाएको छ ।
आज भएको अन्तिम खेलमा जिल्ला भलिबल संघ नवलपुरले पर्वतलाई ३–२ को सेटमा पराजित गर्दै एक खेल अगावै सेमिफाइनल प्रवेश गरेको हो । नवलपुरले पवर्तलाई २३–२५, २५,१९, १९–२५, २५–१५ र १५–१३ को अङ्कले पराजित ग¥यो ।
समूह ‘क’ मा बागलुङ ९ अङ्क सहित शिर्षस्थान छ भने नवलपुरको ८ अङ्क छ । प्रतियोगिता लिगकम नकआउटका आधारमा सञ्चालन भईरहेको छ ।
प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सात्वना हुनेले क्रमशः २ लाख, १ लाख, ५० हजार र २५ हजार प्राप्त गर्नेछन् । यस्तै विधागत तर्फ सर्वोत्कृष्ट खेलाडीले २० हजार, उत्कृष्ट सर्भर, ब्लकर, लिव्रो, स्पाइकर र कोचले नगद १०/१० हजार प्राप्त गर्नेछन् ।
गण्डकी प्रदेश स्तरीय भलिबल प्रतियोगितामा मनाङ र मुस्ताङ बाहेक बागलुङ, कास्की, नवलपुर, स्याङ्जा, तनहुँ, लमजुङ, कास्की र गोरखाको सहभागिता रहेको छ ।
पोखरा: नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले स्थापना गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा सामाजिक अभियान्ता सरिता गुरुङले आर्थिक सहयोग गरेकी छन् । सामाजिक क्षेत्रमा...
काठमाडौ: सरकारले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि नेपाली सेनालाई एक महिनाअघिबाट परिचालन गर्ने भएको छ। एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२ ले स्वीकृत गरेक...
मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् । रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...

