उपाधि दावेदार स्याङ्जा सेमिफाइनल प्रवेश
बागलुङ र नवलपुरको लिग चरणको अन्तिम खेल बाँकी
पाेखरा | पुस ८, २०७९
पोखराः पोखरामा जारी गण्डकी प्रदेश स्तरीय भलिबल प्रतियोगितामा उपाधि दावेदार मानिएको जिल्ला भलिबल स्याङ्जा सेमिफाइनल प्रवेश गरेको छ ।
गण्डकी प्रदेश भलिबल संघको आयोजनामा भइरहेको प्रथम गण्डकी प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगितामा समूह ‘ख’ को विजेता बन्दै जिल्ला भलिबल संघ स्याङ्जा सेमिफाइनल प्रवेश गरेको हो ।
स्याङ्जाले लिगचरणको खेलमा जिल्ला भलिबल संघ तनहुँलाई ३–२ को सेटमा पराजित गर्दै समूह ‘ख’ को विजेता बन्दै स्याङ्जा सेमिफाइनल प्रवेश गरेको हो । स्याङ्जाले तनहुँलाई १८–२५,२५–१२, २५–१९, २५–१७ र १५–११ ले पराजित गर्दै समूह विजेता बन्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो ।
यस्तै समूह ‘ख’ बाट उपविजेता बन्दै जिल्ला भलिबल कास्की सेमिफाइनल प्रवेश गरेको छ । समूह ‘ख’मा स्याङ्जाको ८ अङ्क र कास्कीको ६ अङ्कका साथ सेमिफाइनल प्रवेश गरेको गण्डकी प्रदेश भलिबल संघका महासचिव टहलसिंह थापा मगरले बताए ।
समूह ‘क’ तर्फको नवलपुर र बागलुङ पनि एक खेल अगावै सेमिफाइनल प्रवेश गरेको छ ।
जिल्ला भलिबल संघ बागलुङ र नवलपुरको लिग चरणको अन्तिम खेलमा रात परेपछि खेल अवरुद्ध भएको थियो । समूह ‘क’बाट बागलुङ र नवलपुर सेमिफाइनल प्रवेश गरेपनि समूह विजेताको अन्तिम टुङ्गो लगाउन लिग चरणको अन्तिम खेल भोलि (शनिबार ) हुने गण्डकी प्रदेश भलिबल संघले जनाएको छ ।
आज भएको अन्तिम खेलमा जिल्ला भलिबल संघ नवलपुरले पर्वतलाई ३–२ को सेटमा पराजित गर्दै एक खेल अगावै सेमिफाइनल प्रवेश गरेको हो । नवलपुरले पवर्तलाई २३–२५, २५,१९, १९–२५, २५–१५ र १५–१३ को अङ्कले पराजित ग¥यो ।
समूह ‘क’ मा बागलुङ ९ अङ्क सहित शिर्षस्थान छ भने नवलपुरको ८ अङ्क छ । प्रतियोगिता लिगकम नकआउटका आधारमा सञ्चालन भईरहेको छ ।
प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सात्वना हुनेले क्रमशः २ लाख, १ लाख, ५० हजार र २५ हजार प्राप्त गर्नेछन् । यस्तै विधागत तर्फ सर्वोत्कृष्ट खेलाडीले २० हजार, उत्कृष्ट सर्भर, ब्लकर, लिव्रो, स्पाइकर र कोचले नगद १०/१० हजार प्राप्त गर्नेछन् ।
गण्डकी प्रदेश स्तरीय भलिबल प्रतियोगितामा मनाङ र मुस्ताङ बाहेक बागलुङ, कास्की, नवलपुर, स्याङ्जा, तनहुँ, लमजुङ, कास्की र गोरखाको सहभागिता रहेको छ ।
पोखरा: घुमघामको सिजनसँगै कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा पर्यटकको चाप बढेको छ । अन्नपूर्ण गाउँपालिका १०/११ स्थित घान्द्रुक गाउँमा शुक्रबार मात्रै ३ हजार भन्दा बढी पर्यटक भित्रिएप...
काठमाडौं: यमपञ्चकसमेत भनिने तिहारको मुख्य दिन बिहीबार भाइटीका मनाइँदैछ । आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी ...
काठमाडौँ । लागुऔषध अनुसन्धानमा संलग्न घुङ्ग्रुलाई यस वर्षको सर्वोत्कृष्ट कुकुर घोषणा गरिएको छ । महाराजगन्जस्थित नेपाल प्रहरी केनाईन कार्यालयले घुङ्ग्रुलाई सर्वोत्कृष्ट घोषणा गर्दै पुरस्कृत गरेको छ । &...

