महिलालाई दुर्व्यवहार गरेको आरोपमा एक युवक पक्राउ

काठमाडाैं | पुस ८, २०७९

महिलालाई दुर्व्यवहार गरेको आरोपमा एक युवक पक्राउ

काठमाडौं:  सामाजिक सञ्जाल मार्फत महिलालाई दुर्व्यवहार गरेको आरोपमा एक युवकलाई प्रहरीले प्रकाउ गरेको छ ।   


फेसबुकमा साथी बनाई विभिन्न प्रलोभनमा पारी महिलालाई अश्लिलता प्रदर्शन गर्न लगाएको आरोपमा  ३१ वर्षीय विश्वनाथ कुर्मीलाई पक्राउ गरेको हो । 
 

रुपेन्देही शिद्वार्थनगर नगरपालिका वडा नं। ११ घर भई हाल वैदशिक रोजगारमा रहेका कुर्मीलाई नेपाल फर्कने क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल गौचरबाट पक्राउ गरिएको साइबर व्युरोले प्रेस विज्ञप्ति जारी गर्दै जनाएको छ । 


विज्ञप्तिमा कुर्मीलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा काठमाडौं जिल्ला अदालतको ओदेशमा ४ दिनको म्याद थप गरी अनुसन्धान कार्य भईरहेको उल्लेख गरिएको छ ।

पोखरा:     कास्कीको माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा हुने गण्डकी प्रदेश पालिकास्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता–२०८२ को तयारी पुरा भएको छ ।  ...

थप पढ्नुहोस्

पोखरामा सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ ।    सोमबार बिहान पोखरा महानगरपालिका–८ सभागृह चोकमा ग.२ च.२१६२ नम्बरको गाडीको ठक्करबाट पैदलयात्री सोही महानगरपालिका–२० भल...

थप पढ्नुहोस्

पोखरा ।    पोखराको लेकसाइडमा हुने दोस्रो संस्करणको ‘वाडा अटो शो’को तयारी अन्तिम चरणमा पुगेको छ ।   पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोशियसन (वाडा) ले आयोजना गर्ने अटो शो...

थप पढ्नुहोस्