वर्षौंपछि पाल्पा रामपुरबासीले पाए लालपुर्जा

पाल्पा | पुस ९, २०७९

वर्षौंपछि पाल्पा रामपुरबासीले पाए लालपुर्जा

पाल्पा:   पाल्पाको रामपुरमा जग्गा भोगचलनको वर्षौंपछि जग्गाधनी प्रमाणपत्र (लालपूर्जा) वितरण गरिएको छ । वि.सं. २०५६ पछि अहिले रामपुरको बजार क्षेत्रमा लालपूर्जा वितरण गरिएको हो ।


रामपुर नगरपालिका वडा नम्बर ५, ६ र ७ का बासिन्दालाई १ सय ३ लालपूर्जा शुक्रबार वितरण गरिएको हो । राष्ट्रिय भूमि आयोगका केन्द्रीय अध्यक्ष केशव निरौलाले लामो समय लालपुर्जाका लागि भौतारिएका निवेदकलाई जग्गाधनी पुर्जा वितरण गरे । 


राष्ट्रिय भूमि आयोग पाल्पाका अध्यक्ष मोहनलाल गैह्रेले लामो समयदेखि पर्खाइएको अव्यवस्थित जग्गाको पुर्जा वितरणको शुरुवात भएको बताउँदै अब रामपुर नगरपालिकामा निवेदन आएका ७ सय ८३ घडेरीकै पुर्जा वितरणलाई तीब्रता दिइने बताए । अध्यक्ष गैह्रेले विभिन्न समस्याका बाबजुद १०३ लालपूर्जा वितरण गर्ने स्थितिमा आइपुगेको भन्दै क्रमशः सबै घडेरीको पुर्जा वितरण गर्ने उल्लेख गरे ।


राष्ट्रिय भूमि आयोग पाल्पाले अब जिल्लाका तानसेन र माथागढीमा पनि अव्यवस्थित र पहिले दर्ता भएको भनिएका तर कतै अभिलेख नभएका जग्गा निर्क्योल गरी पुर्जा दिने तयारी भएको बताइएको छ । साथै आयोगसँग सम्झौता गरेका अन्य पालिकामा पनि निवेदन माग गरी काम थाल्ने अध्यक्ष गैरेले बताए ।


लुम्बिनी प्रदेश महिला तथा बालबालिका मन्त्री रमा घर्तीले पुर्जाविहीन नागरिकको मुहारमा खुसी आएको मात्र नभई प्रदेशबासीको समस्या केही हदसम्म हल भएको बताइन् ।

पोखरा:     कास्कीको माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा हुने गण्डकी प्रदेश पालिकास्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता–२०८२ को तयारी पुरा भएको छ ।  ...

थप पढ्नुहोस्

पोखरामा सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ ।    सोमबार बिहान पोखरा महानगरपालिका–८ सभागृह चोकमा ग.२ च.२१६२ नम्बरको गाडीको ठक्करबाट पैदलयात्री सोही महानगरपालिका–२० भल...

थप पढ्नुहोस्

पोखरा ।    पोखराको लेकसाइडमा हुने दोस्रो संस्करणको ‘वाडा अटो शो’को तयारी अन्तिम चरणमा पुगेको छ ।   पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोशियसन (वाडा) ले आयोजना गर्ने अटो शो...

थप पढ्नुहोस्