बागलुङ पोखरामा जारी भलिबलको फाइनलमा

स्याङ्जा र नवलपुर फाइनल प्रवेशका लागि खेल्दै

पाेखरा | पुस ९, २०७९

बागलुङ पोखरामा जारी भलिबलको फाइनलमा

पोखराः   पोखरामा जारी गण्डकी प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगितामा उपाधि दावेदार  जिल्ला भलिबल बागलुङ फाइनल प्रवेश गरेको छ । 


पोखरा रंगशाला भलिबल कोर्टमा आज (शनिबार ) भएको पहिलो सेमिफाइनल खेलमा जिल्ला भलिबल संघ बागलुङले कास्कीलाई ३–१ को सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । 


पहिलो सेट गुमाएको बागलुङले खेलमा उत्कृष्ट पूनरागमन गर्दै कास्कीलाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो ।  १६–२५ ले पहिलो सेट गुमाएको बागलुङले क्रमश २५–२०ले दोस्रो जितेको बागलुङले तेस्रो सेटमा २०–२३ को अङ्कमा उत्कृष्ट पूनरागमन गर्दै २६–२४ को अङ्कमा तेस्रो सेट जितेको थियो भने चौथो सेट २५–२० ले जितेको थियो । 


दोस्रो सेमिफाइनल खेलमा अहिले जिल्ला भलिबल संघ स्याङ्जा र नवलपुरले फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गरिरहेका छन् । फाइनल आइतबार हुने गण्डकी प्रदेश भलिबल संघले जनाएको छ । 


प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सात्वना हुनेले क्रमशः २ लाख, १ लाख, ५० हजार र २५ हजार प्राप्त गर्नेछन् । यस्तै विधागत तर्फ सर्वोत्कृष्ट खेलाडीले २० हजार, उत्कृष्ट सर्भर, ब्लकर, लिव्रो, स्पाइकर र कोचले नगद १०/१० हजार प्राप्त गर्नेछन् । 


गण्डकी प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगितामा मनाङ र मुस्ताङ बाहेक बागलुङ, कास्की, नवलपुर, स्याङ्जा, तनहुँ, लमजुङ, कास्की र गोरखाको सहभागिता रहेको छ । 


 

पोखरा:   नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले स्थापना गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा सामाजिक अभियान्ता सरिता गुरुङले आर्थिक सहयोग गरेकी छन् ।    सामाजिक क्षेत्रमा...

थप पढ्नुहोस्

काठमाडौ:   सरकारले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि नेपाली सेनालाई एक महिनाअघिबाट परिचालन गर्ने भएको छ।   एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२ ले स्वीकृत गरेक...

थप पढ्नुहोस्

मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् ।   रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...

थप पढ्नुहोस्