पृथ्वीनारायण क्याम्पसमा सप्ताहव्यापी खेलकुदको रौनक
पाेखरा | पुस १०, २०७९
पोखरा: पृथ्वीनारायण क्याम्पसमा आजदेखि अन्तर संकाय सप्ताहव्यापी खेलकुद कार्यक्रम सुरु भएको छ । खेलकुदमा करिब १ हजार विद्यार्थीको सहभागिता हुने भएकाले क्याम्पस परिसरमा छुट्टै रौनक देखिएको छ ।
नेपालकै दोस्रो ठुलो आंगिक कलेजको रुपमा परिचित पोखरा महानगर १ स्थित पृथ्वीनाराण क्याम्पसले विद्यार्थीहरुको अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यका साथ हरेक वर्ष आयोजना गर्दै आएको नियमित प्रतियोगितालाई निरन्तरता दिएको हो ।
प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख अतिथि पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले एउटा कलेजले यति ठुलो प्रतियागिताको आयोजना गर्नु प्रशंसनीय कार्य भएको जनाए ।
‘मानव जीवनमा खेलकुदको महत्व अपरिहार्य छ’ मेयर आचार्यले भने ‘खेलकुदले शारीरिक, मानसिक र मनोविज्ञानमा समेत प्रत्यक्ष प्रभाव पार्दछ, तपाईहरु पनि खेलकुदमा सहभागिता जनाउनुहोला ।’
यस्तै, क्याम्पस प्रमुख प्राडा सरोज कोइरालाले कोरोना महामारीले २ वर्ष खेलकुद बिथोलेपछि पुनः सुरु गरेको जानकारी दिए । विद्यार्थीहरु भोलीको दिनमा विभिन्न क्षेत्र पुग्नेछन् भन्दै कोइरालाले खेलकुदबाट पनि देशको शिर उँच्चो राख्न सकिने बताए ।
‘अध्ययनले मानसिक चेतको विकास गर्छ भने खेलकुदले शारीरिक विकास र अनुशासनमा सघाउ पुग्छ’ उनले भने ‘भोलीका दिनमा खेलकुदलाई पनि करिअर बनाउन सकिन्छ ।’
प्रतियोगिताको एथ्लेटिक्सतर्फको ५ किमी सडक दौड भने सम्पन्न भएको छ । दौडमा छात्र छात्रा गरी जम्मा ५३ जनाले सहभागिता जनाएका थिए ।
छात्रतर्फ व्यवस्थापन संकाएका सञ्जोक घर्ति मगरले १७ मिनेट ५१ सेकेन्डमा दुरी पार गर्दै प्रथम स्थान, व्यवस्थापन संकायकै विवेक तिलिजाले १८ मिनेट ७ सेकेन्डमा दुरी पार गर्दै दोस्रोे र व्यवस्थापन संकायकै आकाश थापाले १८ मिनेट ५३ सेकेन्डमा दुरी पार गर्दै तेस्रो स्थान हासिल गर्न सफल भए ।
त्यस्तै छात्रातर्फ व्यवस्थापन संकायका अनिशा भणडारीले २५ मिनेट ३६ सेकेन्डमा दुरी पार गर्दै प्रथम स्थान हासिल गरे, व्यवस्थापनकै अञ्जु गिरीले २५ मिनेट ५७ सेकेन्डमा दुरी पार गर्दै दोस्रो र मानविकी संकायका सुशिला शाहीले २६ मिनट २४ सेकेन्डमा दुरी पार गर्दै तेस्रो स्थान हासिल गर्न सफल रहे ।
विजेतालाई त्रिवि विज्ञान तथा प्रविधि अध्ययन संस्थानका प्रमुख प्रा.डा. विनिल आचार्यले मेडल प्रदान गरेका छन् । प्रमाणपत्र र नगद राशी भने समापन कार्यक्रममा दिइने क्याम्पस प्रशासनले बताएको छ ।
प्रतियोगिता १४ गतेसम्म चल्नेछ ।



काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

