गण्डकी साहित्य संगममा भीम रानाभाट

पाेखरा | पुस १०, २०७९

गण्डकी साहित्य संगममा भीम रानाभाट

पोखरा:   गण्डकी साहित्य संगमको १५ औं साधारणसभा तथा अधिवेशनबाट साहित्यकार भीम रानाभाट सर्वसम्मत अध्यक्षमा चुनिएका छन् । 


संगमको उपाध्यक्षमा पद्मराज ढकाल, सचिव नारायण मरासिनी र कोषध्यक्षमा विजया सुवेदी चयन भएका छन् । त्यसैगरी नयाँ कार्यसमितिको सदस्यहरूमा छविलाल आचार्य, शोभाकान्त गौडेल, कल्पना चिलुवाल, काजी गाउँले र सुरज उपाध्याय रहेका छन् । ११ सदस्यीय कार्यसमितिका दुई सदस्य पछि मनोनयन गर्ने जनाइएको छ । 


नवनिर्वाचित अध्यक्ष भीम रानाभाटले प्रगतिवादी र प्रगतिशील वाङ्मयको उत्थानका लागि नयाँ कार्यसमिति सक्रिय र क्रियाशील रहने प्रतिवद्धता व्यक्त गरे । रानाभाटले सबैलाई समेटेर प्रतिवादी साहित्यको उत्थान र विकासमा लाग्दै नयाँ संस्कार र संस्कृति निर्माणमा वाङ्मयिककर्मीलाई क्रियात्मक अभियानमा आवद्ध गर्ने जनाएका छन् । 


संगमका अध्यक्ष डा. कृष्णराज अधिकारीको अध्यक्षतामा सम्पन्न अधिवेशनमा उपाध्यक्ष पद्मराज ढककाल, वाम बुद्धिजीवीहरू झलकपाणी तिवारी, पीताम्बर नेपाली, यादवचन्द्र भुर्जेल, कृष्ण के.सी., यामबहादुर सुर्खाली, सन्तबहादुर घिसिङ, नुमराज बराल, छविलाल आचार्य, लक्ष्मण गौतम लगायतका वक्ताहरूले शुभकामना मन्तव्य राखेका थिए । 


वाम बुद्धिजीवी रामराज रेग्मीको संयोजकत्वमा रघुनाथ अधिकारी, नारायण परिश्रमी सदस्य रहको निर्वाचन समितिले भीम रानाभाटको अध्यक्षतामा नयाँ कार्यसमिति गठनका लागि सर्वसम्मत रूपमा पहल गरेको थियो । 


विजय ढकाल सहिद स्मृति प्रतिष्ठानको घनश्याम ढकाल कक्षमा आयोजित संगमको साधारणसभामा संगमका सचिव भीम रानाभाट र कोषाध्यक्ष विजया सुवेदीले पेश गरेको प्रतिवेदनहरू अनुमोदन गरेको छ । 

काठमाडौं:  अनलाइन न्यूज पोर्टल दर्ता तथा नवीकरण अब पुरानै व्यवस्थाअनुसार सूचना तथा प्रसारण विभागबाट गर्ने व्यवस्था सरकारले गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आजको मन्त्रिपरिषद बैठकबाट सो ...

थप पढ्नुहोस्

चितवन:  नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत तुईन खोलामा पहिरोमा फसेका यात्रुहलाई लक्षित गर्दै निःशुल्क बस सेवा थालिएको छ । नेपाल प्रहरीले विगत दुई दिनदेखि पहिरोबाट रोकिएका यात्रुहलाई लक्षित गर्द...

थप पढ्नुहोस्

पोखरा:  जेन–जी आन्दोलनमा आगलागीबाट क्षति भएका कास्कीका विभिन्न पाँच स्थानमा युनाइटेड क्लबले कम्प्युटर तथा प्रिन्टर प्रदान गरेको छ ।  जनता संग प्रत्यक्ष सरोकार राख्ने जिल्ला प्रशासन कार्यालय कास्क...

थप पढ्नुहोस्