१५ औं कास्की हिसान स्पोर्टस मिटको उपाधि प्रतिभालाई

पाेखरा | पुस १०, २०७९

१५ औं कास्की हिसान स्पोर्टस मिटको उपाधि प्रतिभालाई

पोखराः   उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा पोखरामा १५ औं संस्करणको हिसान कास्की स्पोर्टस मिट २०७९ को उपाधि प्रतिभा माविले जितेको छ । 


पोखरा रंगशालामा गत पुष ६ गतेबाट जारी १५ औं हिसान कास्की स्पोर्टस मिट अन्तर्गत प्रतिभाले ११ अंक बटुल्दै पहिलो पटक उपाधि जितेको हो । यस अघि लगातार पाँच पटक सम्म न्यू ग्यालेक्सीले उक्त उपाधि जितेको थियो । 


प्लस टु छात्र–छात्रा र विश्विद्यालयतर्फ गरी ६० शिक्षालयहरुको सहभागिता रहेको स्पोर्टस मिट अन्तर्गत सम्पन्न प्रतियोगितामा प्रतिभाले प्लस टु बास्केटबलमा छात्रातर्फ प्रथम, छात्र बास्केटबल तर्फ तेश्रो, भलिबल छात्रतर्फ चौथो हुँदै सर्वाधिक ११ अंकका साथ रनिङ ट्रफी जित्न सफल भएको हो । 


भलिबल 


१५ औं हिसान स्पोर्टस मिट प्लस टुतर्फ छात्रा भलिबलमा हिल पोइन्ट मावि पहिलो भएको छ । सम्पन्न फाइनल खेलमा हिल पोइन्टले गुरुकुल माविलाई २५–१५ र २५–१८ ले पराजित गर्दै पहिलो हुन सफल भएको हो । त्यसै गरी पश्चिमाञ्चलले केफलाई २५–२१ र २५–२२ ले पराजित गर्दै तेश्रो स्थान प्राप्त गरेको छ । 


प्लस टु छात्र भलिबलमा स्पाइरल ग्यालेक्सी पहिलो भएको छ । स्पाइरलले युनिभर्सलाई फाइनलमा पराजित गर्दै पहिलो भएको हो भने प्रतियोगितामा केफ मावि तेश्रो भएको भलिबलका संयोजक किरण सापकोटाले जनाएका छन् । 


प्रतियोगितामा प्लस टु छात्र भलिबलमा स्पाइरल ग्यालेक्सीका मदन छन्त्याल उत्कृष्ट हुन सफल भए भने छात्रातर्फ हिल पोइन्टकी सोयाङ थापा मगर उत्कृष्ट भइन् । 


छात्र भलिबलमा उत्कृष्ट स्पाइकर स्पाइरलका शक्ती पुन मगर र छात्रातर्फ हिल पोइन्टकी वर्षा थापा उत्कृष्ट स्पाइकर भइन् । 

बास्केटबल


स्पोर्टस मिट अन्तर्गत प्लस टु छात्र बास्केटबलमा न्यू ग्यालेक्सीले आफ्नो पुरानो दबदबा कायम गर्दै पहिलो हुन सफल भएको छ । सम्पन्न फाइनल खेलमा न्यू ग्यालेक्सीले ६९–५१ को स्कोरले मनकामनालाई पराजित गर्न सफल भएको छ । छात्र बास्केटबलमा न्यू ग्यालेक्सी मिन बहादुर पुन मगर उत्कृष्ट खेलाडी घोषित भए भने सर्वाधिक स्कोररमा मनकामनाका तिजन पुन घोषित भए । छात्र बास्केटबल प्रतिभा माविले तेश्रो स्थान प्राप्त गरेको छ । 


यता छात्रातर्फ प्रतिभा माविले मेरी गोल्डमाविलाई फाइनलमा पराजित गर्दै पहिलो स्थान प्राप्त गर्न सफल भएको छ भने ग्लोबल कलेजियटले तेश्रो स्थान प्राप्त गरेको छ । छात्रा तर्फ प्रतिभाकी प्रियाङ्का थापा उत्कृष्ट खेलाडी घोषित हुँदा सर्वाधिक स्कोररतर्फ मेरी गोल्डकी तारा विक घोषि भएकाी छन् ।  


यता युनिभर्सिटीतर्फ छात्र बास्केटबलमा लेकसिटीलाई हराउँदै लिंकन पहिलो भएको छ भने पेकलाई हराउँदै पिसिएम तेश्रो भएको छ । छात्रातर्फ पेकलाई हराउँदै लिंकन पहिलो हुँदा, इन्फरमेटिक्सलाई पराजित गर्दै पिसिएमले तेश्रो स्थान प्राप्त गर्न सफल भएको छ । 


व्याडमिन्टन


१५ औं हिसान स्पोर्टस मिट अन्तर्गत ब्याडमिन्टन फाइनलका खेलहरु सम्पन्न भएको व्याडमिन्टनतर्फका संयोजक पुरन कुंवरले बताएका छन् । प्लस टु छात्र सिंगल्सतर्फ प्रगतीका शंसाक अधिकारी प्रथम, प्रगतीका आयुस थापा द्वितिय, सगरमाथाका सौरभ थापा र विनम्र थापा तृतिय भएका छन् । छात्रातर्फ मदरल्याण्डकी आयुष्मा नेपाल पहिलो हुँदा, दोश्रो सगरमाथाकी निर्झरा खड्का र ग्लोबलकी समिक्षा गुरुङ र सगरमाथाकी सविना राना मगर तेश्रो भएका छन् । 


छात्र डबल्सतर्फ प्रगतीका शंसाक अधिकारी र आयूष थापाको जोडी पहिलो, सगरमाथाका सौरभ थापा र विनम्र थापाको जोडी दोश्रो, पिकेजीका शिद्धार्थ घले र अमन गुरुङ र प्रतिभाका प्रवेश गुरुङ र धिरज विक तेश्रो भएका छन् । छात्रा तर्फ सगरमाथाका निर्झरा खड्का र सविना मगरको जोडी पहिलो, दोश्रो कास्की मोर्डनाइजका उर्मिला सेन्चुरी र शारिका गुरुङको जोडी दोश्रो, गुरुकुल विद्यासदनका अलिशा वरुवाल र ममिता गुरुङको जोडी ज्योती कुञ्जका बबिना राना र कुश्मिला दुराको जोडी तेश्रो भएका छन् । 


युनिभर्सिटी छात्र सिंगल्सतर्फ पोखरा इन्जिनियरिङका अमित भण्डारी पहिलो, इन्फरमेटिक्सका थमन सिंह थापा दोश्रो, पोखरा लिंकनका रिजन सूर्यवंशी र पेकका निशान थापा तेश्रो भएका छन् । छात्रा सिंगल्सतर्फ पिसिएमकी मेनुका गुरुङ पहिलो, पेककी लिजा गुरुङ दोश्रो, इन्फोमेक्सकी इशा सदाशंकर र पिसिएमकी स्वस्तिका पौडेल तेश्रो भए । छात्र डबल्समा इन्फरमेटिक्स पहिलो, पिसिएम दोश्रो र पेक तेश्रो भएका छन् भने छात्रातर्फ पिसिएम, पेक र इन्फोमेक्स कलेज क्रमश पहिलो, दोश्रो र तेश्रो भएको हिसान कास्कीले जनाएको छ । 


टेबुल टेनिस 


प्रतियोगिता अन्तर्गत सम्पन्न टेबुल टेनिसमा प्लस टु छात्र–छात्र तर्फ सिंगल्सतर्फ स्टेप वाई स्टेपका सुलभ केसी पहिलो, टप्सका क्षितिज गुरुङ दोश्रो, प्रतिभाका मनिष भुजेल र ग्लोबलका नयन बस्नेत तेश्रो भएका छन् । छात्रातर्फ डायमण्डकी अंकिता गुरुङ पहिलो, डायमण्डकै अनुषा गौतम दोश्रो, सिर्जनाकी पदमा थापा र न्यू मोडलीक पार्वती श्रेष्ठ तेश्रो भए । 


छात्रा डबल्सतर्फ ग्लोबल कलेजियटका विपिन श्रेष्ठ र सोनिम गुरुङको जोडी पहिलो, टप्स माविका क्षितिज गुरुङ र मुकेश थापाको जोडी दोश्रो, सिर्जनाका प्रवेश बानिया र मिलन खड्काको जोडी र प्रतिभाका मनिष भुजेल सुवर्ण रुम्वाको जोडी तेश्रो भएका छन् भने छात्रा डबल्समा डायमण्डका अनुषा गौतम र अंकिता गुरुङको जोडी पहिलो, पोखरा आदर्शका अंशु भट्ट र रोडा तामाङको जोडी दोश्रो न्यू ग्यालेक्सीका मन कमारी थापा र सुनामी तामाङ तथा ग्लोबलका बन्दना भुजेल र अमुल्य घलेको जोडी तेश्रो भए । 


यस अघि बास्केटबल खेल छात्र तर्फ फाइनल खेलको उद्घाटन गण्डकी प्रदेशका यूवा तथा खेलकुद मन्त्री राजिव गुरुङले गरेका थिए । विजेता टिम तथा खेलाडीहरुलाई प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरुङ, प्रतियोगिताका संयोजक डा.रामजी शर्मा, हिसान गण्डकीका अध्यक्ष रमाकान्त बराल लगायतले ट्रफी मेडल र प्रमाणपत्र वितरण गरेका थिए । 


समापन कार्यक्रम हिसान कास्कीका अध्यक्ष याम बहादुर रोक्काको अध्यक्षतामा सम्पन्न भएको थियो । 


हरेक वर्ष आयोजना हुँदै आएको हिसान कास्की स्पोर्टस मिट अन्तर्गत छात्र–छात्रा बास्केटबल, भलिबल, व्याडमिन्टन र टेबुल टेनिसका प्रतिष्पर्धा हरु भव्य रुपमा सम्पन्न भएको स्पोर्टस मिटका संयोजक डा.रामजी शर्माले जनाएका छन् । बास्केटबल छात्रतर्फ ४२ टिम र छात्रातर्फ २५ टिमको सहभागिता रहेको थियो भने भलिबल छात्रतर्फ ३४ टिम र छात्रातर्फ २२ टिमको सहभागिता रहेको संयोजक शर्माले जानकारी दिए । विश्वविद्यालयतर्फ बास्केटबल छात्रतर्फ ८ टिमको सहभागिता रहेको थियो ।


यसै गरी व्याडमिन्टन छात्र–छात्रातर्फ टेबुल टेनिसतर्फ ३४–३४ विद्यालयहरुको सहभागिता रहेको थियो । हिसान कास्की स्पोर्टस मिट सम्पन्न गर्न करिव १५ लाख खर्च भएको आयोजकले जनाएको छ । 


उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीमा  विद्यालय, कलेज र विश्वविद्यालय गरी आवद्धता रहेका ७२ मध्ये ६० शिक्षण संस्थाले स्पोर्टस मिटमा सहभागिता जनाएका थिए भने करिव ३ हजार ५ सय खेलाडीहरु प्रत्यक्ष रुपमा विभिन्न ४ खेलमा सहभागिता जनाएका थिए । प्रतियोगितामा ९ बटा विश्वविद्यालयहरुको सहभागिता संगै स्पोर्टस मिटमा २५ हजार भन्दा बढि विद्यार्थी अभिभावकले स्पोर्टस मिट अवलोकन गरेको प्रचार प्रसार संयोजक डिल्लीराम अर्यालले जानकारी दिए ।

काठमाडौं:  नेपाली कांग्रेसका सभापति गगन थापाले काठमाडौं क्षेत्र नम्बर ४ मा आफू सहजै जित निकाल्ने अवस्थामा भए पनि मधेस झरेको बताउनुभएको छ।  सर्लाही क्षेत्र नम्बर ४ मा युवाहरूसँग आयोजित छलफल कार्...

थप पढ्नुहोस्

काठमाडौं:  नेपालको राष्ट्रिय महिला क्रिकेट टोलीले टेस्ट राष्ट्रमाथि पहिलो ऐतिहासिक जित निकालेको छ ।   महिला टी–२० विश्वकप ग्लोबल छनोट अन्तर्गत शनिबार त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय रङ्गशालामा भ...

थप पढ्नुहोस्

काठमाडौं: निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको उमेदवारका लागि बैंकिङ खाता सञ्चालन गरिदिन नेपाल राष्ट्र बैंकले आग्रह गरेको छ । आयोगले केन्द्रीय बैंकलाई पत्राचार गर्दै उमेदवारले निर्वाचनसम्बन्धी खर्च ग...

थप पढ्नुहोस्