आहा ! रारा पोखरा गोल्डकपको तयारी पुरा, अनन्त तामाङलाई सर्वोत्कृष्ट खेलाडी पुरस्कार

१० टिमको सहभागिता

काठमाडाैं | पुस १२, २०७९

आहा ! रारा पोखरा गोल्डकपको तयारी पुरा, अनन्त तामाङलाई सर्वोत्कृष्ट खेलाडी पुरस्कार

पोखराः  सहारा क्लब पोखराले आयोजना गर्ने २२ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको  तयारी पुरा भएको छ ।


क्लबले आज (मंगलबार)  पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी पुरा भएको जानकारी दिएको हो । पोखरा रंगशालामा आयोजना हुने प्रतियोगितामा राष्ट्रिय तथा अन्तरराष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा ! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगितामा १० टिमको सहभागिता रहने प्रतियोगिता संयोजक केशवराज बरालले बताए । 


‘२२ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता पुष १४ देखि २३ सम्म सञ्चालन हुदैं छ, बरालले भने, प्रतियोगितामा राष्ट्रिय तथा अन्तरराष्ट्रिय गरी १० टिमको सहभागिता रहनेछ । यस पटक पुरस्कार राशीमा बृद्धि गरी १२ र ६लाख पु¥याएका छौं ।’


उनका अनुसार प्रतियोगिताको पुरस्कारमा २ लाख थप गरी प्रथम पुरस्कार १२ लाख र द्धितिय पुरस्कारमा १ लाख थप गरी ६लाख कायम गरिएको छ । प्रतियोगितामा सर्वाधिक गोलकर्ताले २५ हजार, म्यान अफ दि म्याच प्रत्येक खेलमा ८ हजार र फाइनल खेलमा १० हजार, निष्पक्ष खेलाडी टिमलाई १० हजार पुरस्कार कायम गरेको छ । 


प्रतियोगितामा पहिलो संस्करण देखि नै मुख्य प्रायोजकमा रहँदै आएको हिमश्री फुड्स प्रा.लिले थप दश वर्ष सम्झौता गरिसकेको छ ।

 
प्रतियोगितामा कुल आम्दानी १ करोड ५९ लाख ५० हजार र खर्च १ करोड १३ लाख ५६हजार खर्च हुने अनुमान गरेको छ, भने करिव ४५ लाख ९४ हजार बचत हुन अनुमान गरेको छ । बचत भएको रकमले संचालित सुर्य बहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा खर्च गर्ने क्लबका महासचिव रामजी प्रसाद अधिकारीले बताए । एकेडेमीमा तेस्रो व्याचका १० जिल्लाका १३ जना प्रशिक्षार्थी रहेका छन् । 


प्रतियोगिता अवलोकन गर्न आयोजकले प्रि र क्वाटरफाइनलमा १ सय, सेमिफाइनलमा २ सय र फाइनलमा ३ सय कायम गरेको छ । भने भिआईपी तर्फको प्याराफिटमा प्रि र क्वाटरफाइनलमा २ सय, सेमिफाइनलमा ४ सय फाइनलमा ५ सय टिकटको दर कायम गरेको छ । प्रतियोगिता अवधिभर सिजनल टिकट रु २ हजार राखेको छ । 


पुष १४ देखि २३ गतेसम्म सञ्चालन हुने २२ औं आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा नेपाल एपिएफ क्लब, मनाङ मस्र्याङ्दी क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, मछिन्द्र फुटबल, संकटा क्लब, चर्च ब्बाइज युनाइटेड फुटबल क्लब, धरान फुटबल क्लब, आयोजक सहारा क्लब र विदेशी क्लबमा भुटानी युवा खेलकुद क्लब मिनेसोटा संयुक्त राज्य अमेरिका रहेको छ । 


२१ औं संस्करणको प्रतियोगितामा नेपाल एपिएफ क्लब विजेता र मनाङ मस्याङ्दी क्लब उपविजेता भएका थिए । 


सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी पुरस्कार अनन्त तामाङलाई 


सहारा क्लबले प्रदान गर्दै आएको सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी पुरस्कार नेपाली राष्ट्रिय फुटबल टोलिका टिम सदस्य अनन्त तामाङलाई प्रदान गर्ने भएको छ । 


२२ औं आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको अवसरमा खेलाडी तामाङलाई सम्मान गर्ने क्लबका महासचिव अधिकारीले बताए । 


यसअगाडी क्लबले भरत खवास, किरणकुमार चेम्चोंग, सुजल श्रेष्ठ, अभिषेक रिजाल र अन्जन विष्टलाई पुुरस्कृत गरी सकेको छ । पुरस्कार राशीमा रु १५ हजार ५ रुपैयाँ थप गरी ५० हजार ५ रुपैयाँ पु¥याएको छ । 
 

काठमाडाैं: नेपाली कांग्रेसले १५औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । बुधबारको केन्द्रीय कार्यसमिति बैठकले आगामी असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने निर्णयअनुसार कार्यतालिका सा...

थप पढ्नुहोस्

काठमाडौं:  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज अपराह्न वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा हुने भएको छ ।   पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई संसदीय दलको नेता चयन...

थप पढ्नुहोस्

जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरामा ध्वनी प्रदुषणमार्फत आतंक मच्चाउने १० वटा मोटरसाइकललाई नियन्त्रणमा लिएको छ ।   कास्की प्रहरीले संचालन गर्दै आएको ‘अप्रेसन–३६५’ अन्तर्गत १० वटा मो...

थप पढ्नुहोस्