अब गण्डकीमा कांग्रेस सशक्त प्रतिपक्षको भूमिकामाः नेता पाण्डे
पाेखरा | पुस १३, २०७९
पोखराः गण्डकी प्रदेश सभामा नेपाली कांग्रेसबाट संसदीय दलको नेता चुनिएपछि सांसद सुरेन्द्र पाण्डेले अब सशक्त प्रतिपक्षको भूमिका निभाउने बताएका छन् ।
दलको नेतामा विजयी भएपछि सुनगाभा न्यूजसँग प्रतिक्रिया दिँदै नेता पाण्डेले पछिल्लो राजनीतिक घटनाक्रम प्रतिकुल भएपछि कांग्रेस प्रतिपक्षको भूमिका निभाउन तयार रहेको टिप्पणी गरे ।
उनले सरकारले अब ल्याउने नीति कार्यक्रमबाट प्रतिपक्षलाई गर्ने व्यवहारबाट प्रतिपक्षको भूमिका निभाउने बताए ।
‘सरकारले अब ल्याउने नीति कार्यक्रमले संविधानको रक्षा, लोकतन्त्र, गणतन्त्र, संघियताको रक्षा र कार्यान्वयन, गण्डकी प्रदेशको विकास निर्माण, आर्थिक समृद्धिका लागि कस्तो खालको नीति ल्याउँछ र प्रतिपक्षसँग कस्तो खालको सहकार्य गर्छ, त्यसलाई हेरेर गुण र दोषको आधारमा समर्थन र प्रतिपक्षको भूमिका निर्वाह गर्छ ।’ नेता पाण्डेले भने ।
नेता पाण्डेले गण्डकी प्रदेशमा कसैसँग पनि स्पष्ट बहुमत नभएकाले यसको सरकार बन्छ भनेर भन्न नसक्ने प्रतिक्रिया दिए ।
‘गण्डकी प्रदेशमा कांग्रेस पहिलो दल हो, कांग्रेसँग माओवादी र एमाले मिल्दा सजिलै सरकार बन्न सक्छ, उनले भने, ‘एमाले, माओवादी, राप्रपा र स्वतन्त्र सांसद तथा एकिकृत समाजवादी पार्टी प्रवेश सांसद मिल्न सके मात्र स्पष्ट बहुमतसहित सरकार बन्न सक्छ त्यसैले कसको सरकार बन्छ भनेर भन्न सकिदैन ।’
गण्डकी प्रदेश सभामा कांग्रेसले प्रत्यक्षमा १८ र समानुपातिकमा ९ सिट गरि कुल २७ ल्याएर गण्डकी प्रदेशको ठुलो दल बनेको छ । नेपाल कम्युनिष्ट पार्टी एमाले २२ सिटसहित दोस्रो दलको भूमिकामा छ । एमालेले प्रत्यक्षमा १२ र समानुपातिकमा १० सिट जितेको छ ।
यस्तै माओवादी केन्द्रले प्रत्यक्षमा ५ र समानुपातिकमा ३ सिट गरि ८ सिटसहित तेस्रो दल बनेको छ । २ सिटसहित गण्डकी प्रदेशमा चौथो दलको हैसियतमा देखिएको राष्ट्रिय प्रजातन्त्र (राप्रपा) पहिलो पटक संसद प्रवेश गर्नेछ । भने नेकपा एकीकृत समाजवादीले स्वतन्त्र निर्वाचित भएका राजीव गुरुङ (दीपक मनाङे) लाई पार्टी प्रवेश गराएसँगै १ सिटमा उपस्थिति जनाउनेछ ।
पोखरा महानगरपालिका–१ टुंडिखेलस्थित खेलमैदानमा आज (बिहीबार) देखि ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता’ सुरु भएको छ । बुद्धटोल ...
जेनजी आन्दोलनका क्रममा लुटिएको इन्सास राइफलसहित कास्की प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । कास्की प्रहरीले महोत्तरी स्थायी घर भई हाल जिल्ला पोखरा–९, नयाँबजार बस्ने १८ वर्षीया रवि चौधरी र भार...
पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका १०र ११ स्थित पर्यटकीय गाउँ घान्द्रुकमा फागुन ६ देखि ९ गतेसम्म घान्द्रुक पर्यटन महोत्सव हुने भएको छ । पोखरामा आज (मंगलबार) पत्रकार सम्मेलन गर्दै महोत्सव...

