सुदूरपश्चिम एमालेका संसदीय दलमा रावल चयन
काठमाडाैं | पुस १६, २०७९
फाइल तस्बिर
धनगढी: नेकपा (एमाले) को सुदूरपश्चिम प्रदेश संसदीय दलका नेतामा राजेन्द्रसिंह रावल सर्वसम्मतले चयन हुनुभएको छ। शनिबार बिहान बसेको पार्टीको संसदीय दलको बैठकले उहाँलाई सर्वसम्मत दलको नेता चयन गरेको हो। रावल कञ्चनपुरबाट समानुपातिक तर्फबाट प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको हो।
एमाले पोलिटब्युरो सदस्य समेत रहनुभएका रावल तत्कालीन जिल्ला विकास समिति कञ्चनपुरका (२०५४)उपसभापति समेत हुनुहुन्छ। यसैगरी, उपनेतामा सन्तोष शर्मा थापा (छाया) चयन हुनुभएको छ। उहाँ कैलालीबाट समानुपातिक प्रदेश सभा सदस्य छानिनुभएको हो। थापा नेकपा (एमाले)को केन्द्रीय सदस्य हुनुहुन्छ।
एमालले स्थायी समिति सदस्य तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टको उपस्थितिमा उहाँकै निवास अत्तरियामा भएको बैठकले प्रमुख सचेतक र सचेतकपछि तोक्ने निर्णय गरेको सो पार्टीका प्रदेश सचिव तथा प्रदेश सभा सदस्य धर्मराज पाठकले जानकारी दिनुभयो।
प्रदेश सभामा नेकपा (एमाले) का १० प्रदेश सभा सदस्य छन्। नेकपा (माओवादी केन्द्र) ले पनि आजै दलको नेता चयन गर्ने बताइएको छ। सो पार्टीका प्रदेश सभामा ११ जना सदस्य छन्।
यसअघि नागरिक उन्मुक्ति पार्टी र नेकपा (एकीकृत समाजवादी) ले दलको नेता छानिसकेका छन्। प्रदेशको ठूलो दल नेपाली कांग्रेसले भने सो पार्टीका प्रदेश सभापति वीरबहादुर बलायर धनगढी पुगेपछि दलको नेता छान्ने बताइएको छ। प्रतिनिधि सभाका सदस्य बलायर काठमाडौंमा हुनुहुन्छ।
व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिइएको छ । प्रश्नपत्र बाहिरिएको समाचार आएपछि शिक्षामन्त्री सस्मित पोखरेलल...
पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको दशौं रारा पोखरा स्पोट्र्स अवार्ड–२०८२ बाट ७ लाख ७१ हजार ४ सय १८ रुपैयाँ बचत भएको जनाएको छ । मञ्चले आईतबार ए...
पोखराको सिर्जना चोकस्थित अशोका कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टले काठमाडौँ विश्वविद्यालय (केयू) बाट सम्बन्धन लिएर ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी (बीआईटी) कार्यक्रम सञ्चालनमा ल्याएको छ । गण्डकी प्रद...

