यो कार्यकालमा भाषण कम र काम धेरै गर्ने छु: प्रधानमन्त्री प्रचण्ड
काठमाडाैं | पुस १६, २०७९

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यो कार्यकालमा आफूले भाषण कम र काम धेरै गर्ने बताएका छन् । शनिबार चितवनको नारायणी नमुना माध्यमिक विद्यालयको हिरक महोत्सवको उद्घाटन गर्दै उनले यसपटक भाषण कम गर्ने बताएका हुन् ।
‘मैले यो कार्यकालमा धेरै भाषण गर्ने पक्षमा छैन’ उनले भने, ‘काम धेरै भाषण कम गर्ने पक्षमा छु ।’ उनले आफूले हरेक दिन सुशासन र विकासको पक्षमा केही न केही काम गर्ने प्रतिवद्धता गरेको पनि बताए ।
सुशासन कायम गर्न, भ्रष्टाचार र बेथिती अन्त्य गर्न आफूले पहिलो मन्त्रिपरिषद बैठकबाटै निर्णय गरेको भन्दै प्रधानमन्त्री प्रचण्डले जनतालाई सास्तीबाट मुक्त राख्ने आफ्नो प्रयास हुने बताए ।
उनले करिब साढे ८ मिनेटको सम्बोधनमा सुशासन र समृद्धिको नयाँ युगको सूत्रपात गर्नसबै क्षेत्रबाट सहयोगको अपिल पनि गरेका छन् ।
हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ। सोमबार बिहान कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा छिटपुट वर्षा भएको छ। पछिल्लो ६ घन्टामा अर्घाखाँचीको राङसिङम...
अविरल वर्षाले कोशी प्रदेशका विभिन्न जिल्लामा ठूलो जनधनको क्षति पुर्याएको छ। सोमबार बिहानसम्म मृत्यु हुनेको संख्या ४४ पुगेको प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी दिपक पोखरेलले जानका...
चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड प्रयोग गरी गन्तव्यमा जाने सवारी साधनहरुलाई आज बिहान ६ बजेदेखि बाटो खुला गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले आज बिहान ६ बजेसम्म नारायणगढ–मुग्लिन...