धरानलाई पराजित गर्दै एपिएफ आहा ! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा
पाेखरा | पुस १६, २०७९

पोखराः साविक विजेता नेपाल एपिएफ फुटबल क्लब आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ ।
सहारा क्लब पोखराले आयोजना गरेको आहा ! रारा पोखरा गोल्डकपमा आज (शनिबार) पोखरा रंगशालामा भएको पहिलो क्वार्टरफाइनलमा धरान एफसीलाई २–० ले पराजित गर्दै एपिएफ सेमिफाइनलमा प्रवेश गरेको हो । एपिएफले पहिलो हाफमै दुई गोलको अग्रतालाई जोगाउँदै सेमिफाइनलमा प्रवेश पक्का गरेको हो ।
एपिएफलाई जित दिलाउन विकु तामाङ र युवराज खड्काले गोल गरे । खेलको ३७ औं मिनेटमा विकुको गोलमा एपिएफले अग्रता लिएको हो । मैदानमा झण्डै मध्यबाट आएको पासलाई नियन्त्रणमा लिँदै विकुले उत्कृष्ट फिनिसिङ गरेका थिए । युवराजले ४० औं मिनेटमा गोल गर्दै अग्रतालाई दोब्बर पारेका थिए ।
म्यान अफ दि म्याच समेत घोषित भएका विकुले पहिलो हाफमै गोल गर्न सकिएको र सबैले मेहनत गरेका कारण खेल जित्न सफल भएको बताएका छन् । पहिलो समय टोलीले उत्कृष्ट प्रदर्शन गरिरहेको जनाउँदै उनले भने,‘ केहि राम्रो विदेशी खेलाडी ल्याउने हो भने हामी लिग पनि जित्न सक्छौं ।’
पहिलो पटक गत वर्ष आहा ! रारा गोल्डकप जितेको एपिएफले सेमिफाइनलमा अर्को विभागिय टोली त्रिभुवन आर्मी क्लब वा संकटा क्लबमध्ये एकको पुस २० गते को सामना गर्नेछ ।
प्रतियोगितामा आइतबारको क्वार्टरफाइनलमा सहिद स्मारक ए डिभिजन लिगको च्याम्पियन मछिन्द्र एफसी र चर्च ब्वाइज युनाइटेड क्लबबीच प्रतिस्पर्धा हुनेछ । अर्को विभागिय टोली नेपाल पुलिस क्लबलाई हराउँदै चर्च ब्वाइज अन्तिम आठमा पुगेको थियो । विजेता टोलीले उपाधिसहित १२ लाख र दोस्रो हुने टोलीले ६ लाख रुपैयाँ प्राप्त गर्नेछ ।
चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड प्रयोग गरी गन्तव्यमा जाने सवारी साधनहरुलाई आज बिहान ६ बजेदेखि बाटो खुला गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले आज बिहान ६ बजेसम्म नारायणगढ–मुग्लिन...
विराटनगर: दुई दिनदेखि परेको अविरल वर्षाका कारण आएको पहिरोले सबैभन्दा ठूलो मानवीय क्षति इलाममा पुर्याएको छ । कोशी,बाग्मती र मधेश तीनवटा प्रदेशका जिल्लाहरु बाढी पहिरोबाट अत्यधिक प्रभावित छन् ...
काठमाडौं: अनलाइन न्यूज पोर्टल दर्ता तथा नवीकरण अब पुरानै व्यवस्थाअनुसार सूचना तथा प्रसारण विभागबाट गर्ने व्यवस्था सरकारले गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आजको मन्त्रिपरिषद बैठकबाट सो ...