कर्णाली राजमार्ग समयमै मर्मत नहुँदा यात्रुलाई सास्ती

काठमाडाैं | पुस १९, २०७९

कर्णाली राजमार्ग समयमै मर्मत नहुँदा यात्रुलाई सास्ती

सुर्खेत:  गत असोजमा आएको बाढी पहिरोले भत्किएर क्षतविक्षत भएको कर्णाली राजमार्ग समयमै मर्मत नहुँदा यात्रुहरूलाई सास्ती भएको छ । सवारी साधन सञ्चालनका लागि मात्र खोलिएको राजमार्ग अचेल जोखिमपूर्ण अवस्थामा रहेको छ ।


प्राय राजमार्ग खाल्डाखुल्डी र धुलाम्मे छ त्यसमा पनि साँगुरो अहिले सुर्खेतदेखि जुम्लासम्म यात्रा गर्नेहरू धुलोले चिन्न नसक्ने अवस्थामा पुग्ने गरेका छन् । सडक डिभिजन कार्यालयले तत्कालका लागि सडक खुलाउने कार्य गरेपछि स्तर उन्नति लगायतका काम गर्न नसक्दा राजमार्गको अवस्था बिजोक भएको छ । जसका कारण कर्णाली राजमार्ग खाल्डाखुल्डी, साँगुरो र धुलाम्मे छन् ।


बर्सातले तहसनहस पारेको कर्णाली राजमार्गलाई सरकारले विशेष बजेटसहित सडक सुधार गर्न पहल नगरेको यात्रुहरूको गुनासो छ । बर्सेनि जुम्ला, कालिकोट, मुगु, हुम्ला र दैलेखका स्थानीयहरू चुपचाप सास्ती खेपेरै यात्रु गर्नुपर्ने बाध्यता छ । सडक डिभिजन कार्यालय सुर्खेत र जुम्लाबाट नियमित बजेट बाहेक थप बजेट व्यवस्थापन हुन सकेको छैन ।  राजमार्गको अवस्था बिग्रँदा दुर्घटना जोखिम पनि बढेको छ । प्राय कालिकोट र दैलेख खण्डमा सडक बिग्रेको छ  । सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख राजीव श्रेष्ठले कालिकोट जुम्ला र मुगुसम्मको सडक सुधारका लागि काम भइरहेको बताउनुभयो ।  ठुलो क्षति भएकाले सुधारका कामहरू भई रहको भए पनि तत्काल सडक स्तर उन्नतिका लागि गाह्रो हुने श्रेष्ठको भनाई छ ।  


सडक डिभिजन कार्यालय जुम्लाका अनुसार कालिकोटको सेराबाडा देखि नाग्मसम्म २६ किलोमिटर सडक पहिरोले धुलाम्मे छ । कालिकोटको नाग्मदेखि गमगढीसम्म ९३ किलोमिटर सडकमा १८ किलोमिटरभित्र पहिरो गएको थियो । त्यस्तै कालिकोटको पिली, सेरी बाडा, भिक्म र बालीमा ठुलो पहिरो गएको थियो । त्यहाँ सडक नै बगाएका कारण नयाँ सडक खोलेर गाडी सञ्चालनमा ल्याइएको छ । दैलेख खण्डमा बर्सातमा गएको पहिरोले हिउँदमा कर्णाली राजमार्गको यात्रा गर्नेहरू साँगुरो र धुलाम्मे सडक हुँदै हिँड्नुपर्ने बाध्यता छ ।

पोखरा:   नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले स्थापना गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा सामाजिक अभियान्ता सरिता गुरुङले आर्थिक सहयोग गरेकी छन् ।    सामाजिक क्षेत्रमा...

थप पढ्नुहोस्

काठमाडौ:   सरकारले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि नेपाली सेनालाई एक महिनाअघिबाट परिचालन गर्ने भएको छ।   एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२ ले स्वीकृत गरेक...

थप पढ्नुहोस्

मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् ।   रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...

थप पढ्नुहोस्