स्याङ्जामा बन्यो १० दिनमै काठेपुल, ६३ घरपरिवार लाभान्वित

पाेखरा | पुस १९, २०७९

स्याङ्जामा बन्यो १० दिनमै काठेपुल, ६३ घरपरिवार लाभान्वित

स्याङ्जा:   कालीगण्डकी गाउँपालिका–४, बिर्घा काठेखोलामा १० दिनमै काठेपुल निर्माण गरिएको छ। कालीगण्डकी गाउँपालिकाको दुई लाख ७७ हजार ८१२ रुपियाँ र पर्यटन मन्त्रालयको दुई लाख ४५ हजार रुपियाँ गरी कुल पाँच लाख २२ हजार ८१२ रुपियाँमा सो पुल निर्माण भएको हो। 


करिब पाँच मिटर लामो यो पुल झट्ट हेर्दा सामान्य लागे पनि चिफलडाँडाका स्थानीय बासिन्दा र विद्यार्थीलाई ओहोरदोहोर गर्न ठूलो राहत पुगेको गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले बताउनुभयो। 


मन्त्रालय र पालिकाबाट विनियोजित बजेटले पुलको पक्की गोरेटो बाटो निर्माण गरिएको छ। पुल बनेपछि यहाँका स्थानीय हर्षित भएका छन्। पुलबाट ६३ घरपरिवार लाभान्वित भएको वडाध्यक्ष यादवप्रसाद पाण्डेले बताउनुभयो। 


यहाँ पुल नहुँदा नजिकै रहेको विद्यालय जान, दैनिक घाँस दाउरा तथा खेती गर्ने किसानलाई असहज भएको थियो। हिउँदको समयमा केही सहज भए पनि बर्खामा पुल नहुँदा जोखिम मोलेर खोला तर्नुपर्ने बाध्यता थियो। 


पुल बनेसँगै यहाँका विद्यार्थी र स्थानीय कृषकलाई ओहोरदोहोर गर्नलाई राहत मिलेको पाण्डेले बताउनुभयो। यहाँ जोखिम मोलेर खोला तर्दा एक महिलाको बगेर मृत्युसमेत भएको थियो। 


बर्खामा खोला बढेपछि विद्यार्थी विद्यालय जानबाट र कृषकहरू खेतबारीमा जान वन्चित हुँदै आएका थिए। पर्यटकलाई आकर्षण हुने गरी निर्माण गरिएको काठेपुल दुई छेउमा ढुङ्गा, सिमेन्ट, बालुवा र गिट्टीको प्रयोग गरिएको छ। बीचमा साल र सिसौको ठूला काठ प्रयोग गरिएको छ।   

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्