नेपाल टी-२० लिग: पोखरालाई ६ विकेटले हराउँदै जनकपुर प्लेअफमा
काठमाडाैं | पुस २१, २०७९
काठमाडौं: पोखरा एभेन्जर्समाथि ६ विकेटको जित निकाल्दै जनकपुर रोयल्स नेपाल टी–२० लिगको प्लेअफमा पुगेको छ ।
यो जितसँगै जनकपुरको ९ खेलमा ६ जितका साथ १२ भएको छ । जनकपुर प्लेअफ पुग्ने दोस्रो टिम हो । उत्कृष्ट प्रदर्शन गर्दै ९ मध्ये ८ खेल जितेर लुम्बिनी अल स्टार्सले शीर्ष दुईमा रहेर क्वालिफायर खेल्ने निश्चित भइसकेको छ । ।
विहीबार त्रिवि मैदानमा पोखराले दिएको ६९ रनको लक्ष्य जनकपुरले ९ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । जनकपुरका ओपनर सराफउद्धिन अशरफले सर्वाधिक ३७ रन बनाए । उनले २७ बलमा ३ चौका र ३ छक्का प्रहार गरे । अर्का ओपनर तथा कप्तान त्रेभोन ग्रिफिथले १७ रन जोडे । पवन सर्राफ ४ र राजेश पुलामी क्रमशः ४ र १ रनमा अविजित रहे ।
बलिङमा पोखराका कुशल मल्लले ३ विकेट लिए । असिथा फर्नान्डोजले १ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङ गरेको पोखरा १२ ओभरमा ६८ रनमै समेटियो । पोखरालाई सस्तैमा समेट्ने क्रममा सोमपाल कामीले ३ तथा सइफउद्धिन र ललित राजवंशीले २÷२ विकेट लिए ।
पोखराको लागि मध्यक्रमका सिद्धान्त लोहनीले सर्वाधिक १७ रन बनाए । उनले १० बलमा २ चौका प्रहार गरे । आसिफ शेख र कुशल मल्लले समान १६ रन जोडे । अन्यले दोहोरो अंकको रन बनाउन सकेनन् ।
सोमपालले ३ ओभरमा ८ रन खर्चेर ३ विकेट लिए । ललितले ३ ओभरमा १ मेडन राख्दै ६ रन खर्चेर २ विकेट लिए । एक ओभरमा ४ रन खर्चेर सइफउद्धिनले २ विकेट लिए । जितेन्द्र मुखिया, ट्रेभोन र पवन सर्राफले १–१ विकेट लिए ।
यो हारले पोखराको प्लेअपफ पुग्ने सम्भावना लगभग समाप्त भएको छ । ९ खेलबाट ६ अंक जोडेको पोखराले लिगमा एक खेल खेल्न बाँकी छ । प्लेअफमा पुग्न उसले आफ्नो खेल जितेरमात्र पुग्दैन अन्य टिमको नतिजामा पनि भर पर्नुपर्ने छ ।
पोखरा: नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले स्थापना गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा सामाजिक अभियान्ता सरिता गुरुङले आर्थिक सहयोग गरेकी छन् । सामाजिक क्षेत्रमा...
काठमाडौ: सरकारले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि नेपाली सेनालाई एक महिनाअघिबाट परिचालन गर्ने भएको छ। एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२ ले स्वीकृत गरेक...
मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् । रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...

