फ्रान्स राष्ट्रिय टिमका गोलरक्षक ह्युगो लोरिसले लिए सन्यास

काठमाडाैं | पुस २६, २०७९

फ्रान्स राष्ट्रिय टिमका गोलरक्षक ह्युगो लोरिसले लिए सन्यास

काठमाडौं: फ्रान्स राष्ट्रिय टिमका गोलरक्षक ह्युगो लोरिसले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् ।


३६ वर्षीय टोटनह्यामका कप्तानले १८ डिसेम्बर २०२२ मा विश्वकप फाइनलमा अर्जेन्टिनासँग पेनाल्टी शुटआउटमा हारेको तीन सातापछि फ्रान्सका लागि सन्यासको घोषणा गरेका हुन् ।


लोरिसले चार वर्षअघि फ्रान्सले विश्वकप जित्दा पनि टिमको कप्तानी गरेका थिए ।


म आफ्नो अन्तर्राष्ट्रिय करिअर अन्त्य गर्दैछु । मेरो बिचारमा मैले देशका लागि सक्नेजति सबै दिएको छु,’ फ्रान्सेली अखबार एल इक्युपसँग कुरा गर्दै लोरिसले भनेका छन्, ‘युरो छनोट प्रतियोगिता सुरु हुनुभन्दा साढे दुई महिनाअघि मैले उपयुक्त समय रोजेको छु ।’


सन् २०२४ को युरो छनोट प्रतियोगितामा फ्रान्स जिब्राल्टर, ग्रिस, नेदरल्याण्ड्स र रिपब्लिक अफ आयरल्याण्डको समूहमा परेको छ ।


लोरिसले २१ वर्षको उमेरमा सन् २००८ मा उरुग्वेसँगको मैत्रीपूर्ण खेलमा अन्तर्राष्ट्रिय डेब्यू गरेका थिए ।


लोरिसले फ्रान्सका लागि कीर्तिमानी १४५ क्याप जितेका छन् । विश्वकप फाइनलमा अर्जेन्टिनासँगको खेल उनको करिअरको कीर्तिमानी खेल थियो । फ्रान्सका लागि उनीजति संख्यामा अरु कसैले खेलेका छैनन् । लोरिसले फ्रान्सका लागि १२१ खेलमा कप्तानी गरेका छन्, यो पनि कीर्तिमान हो ।


‘वास्तवमा मैले विश्वकप सकिएदेखि नै यसबारे सोचिरहेको थिएँ । तर, ६ महिनादेखि नै मैले सोच बनाइसकेको थिएँ,’ लोरिसले भनेका छन् । उनको सन्यास राष्ट्रिय टिमका प्रशिक्षक डिडिएर डेसच्याम्पले चार वर्ष सम्झौता नवीकरण गरेलगत्तै आएको छ ।


कुनै न कुनै दिन यो समय आउनु नै थियो । किनभने तपाई सधैं फ्रान्स टिमबाट खेल्न सक्नुहुन्न,’ लोरिसले भने, ‘मेरो स्थानमा गोलकिपरहरु तयार भइसकेका छन् । र, मैले आफ्नो लागि, परिवार र बच्चाहरुका लागि पनि समय दिनुपर्नेछ ।’


साढे १४ वर्षसम्म फ्रान्सको गोलरक्षकको भूमिकामा रहनुलाई उनले गर्वको क्षण मानेका छन् ।

पोखरा:   नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले स्थापना गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा सामाजिक अभियान्ता सरिता गुरुङले आर्थिक सहयोग गरेकी छन् ।    सामाजिक क्षेत्रमा...

थप पढ्नुहोस्

काठमाडौ:   सरकारले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि नेपाली सेनालाई एक महिनाअघिबाट परिचालन गर्ने भएको छ।   एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२ ले स्वीकृत गरेक...

थप पढ्नुहोस्

मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् ।   रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...

थप पढ्नुहोस्