व्यवसायी दशरथ सुनारलाई फसाउन खोजियो: सुनचाँदी व्यवसायी संघ कास्की
पाेखरा | पुस २६, २०७९

पोखराको महेन्द्रपुलस्थित ज्योती सुनचाँदी पसलका सञ्चालक दशरथ सुनारलाई प्रकाउ गरेर चोरी मुद्धा चलाइएको भन्दै सुनचाँदी व्यवसायी संघ कास्कीले आपत्ति जनाएको छ ।
संघका महासचिव तारा गौतमले विज्ञप्ती जारी गर्दै निर्दोष व्यवसायी सुनारलाई फसाउन खोजिएको उल्लेख गरेका छन् ।
सञ्चालक पसलमा नभएको मौका पारेर बिल नभएको सुन आफूले उपहारमा प्राप्त गरेको भन्दै टिका श्रेष्ठले साटफेर गरिएको विज्ञप्तीमा उल्लेख छ ।
‘सञ्चालक नभएको मौका पारेर पसलमा भएका कर्मचारीलाई प्रलोभनमा पारेर चोरी गरेका सुनका गहना पर्वत घर भई पोखरास्थित गणेशटोलमा बस्दै आएकी टिका श्रेष्ठले उपहारमा पाएको भन्दै सुन साटफेर गरिएको छ, निर्दोष व्यवसायीलाई फसाउन खोजिएको छ ।’ महासचिव गौतमले हस्ताक्षर गरिएको विज्ञप्तीमा भनिएको छ ।
पोखरामा अपराधिक क्रियाकलाप तथा चोरीजनय अपराध न्यूनिकरण गर्न सिसी क्यामरा जडान गर्न भूमिका निर्वाह गर्ने व्यक्ति कसरी चोरीजन्यमा समावेश हुन सक्न विज्ञप्तीम भनिएको छ ।
सुन चोरीको आरोपमा प्रहरीले टिका श्रेष्ट प्रकाउ परेपछि चोरीको सुन किनेको आरोपमा ज्योती सुनचाँदी पसलका सञ्चालक दशरथ सुनारलाई कास्की प्रहरीले पुस १४ गते प्रकाउ गरेको थियो । सुनार सोमबार तारिखमा रिहा भएको विज्ञप्तीमा उल्लेख छ ।
काठमाडौं: वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्यानडा र युके पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बुढानिलकण्ठ नगरपालिका–११ बस्ने ...
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले चुरे संरक्षणका कार्यक्रम कार्यान्वयन अनुभवका आधारमा सम्बन्धित नीतिगत तथा कानुनी व्यवस्थाहरूमा सुधार, सङ्गठनात्मक संरचनामा सबलीकरण तथा थप सेवा विस्तार गरी चुरे संरक्षणलाई...
हुम्ला: हुम्ला– हुम्लाको सर्केगाड गाउँपालिका– ३ स्थित उनापानीको औल बस्तीमा आगलागी हुँदा आठ घर जलेर नष्ट भएका छन् । आइतबार राति स्थानीय बिर्ख रावतको घरको गोठबाट सुरु भएको आगलागी स...