व्यवसायी दशरथ सुनारलाई फसाउन खोजियो: सुनचाँदी व्यवसायी संघ कास्की
पाेखरा | पुस २६, २०७९
पोखराको महेन्द्रपुलस्थित ज्योती सुनचाँदी पसलका सञ्चालक दशरथ सुनारलाई प्रकाउ गरेर चोरी मुद्धा चलाइएको भन्दै सुनचाँदी व्यवसायी संघ कास्कीले आपत्ति जनाएको छ ।
संघका महासचिव तारा गौतमले विज्ञप्ती जारी गर्दै निर्दोष व्यवसायी सुनारलाई फसाउन खोजिएको उल्लेख गरेका छन् ।
सञ्चालक पसलमा नभएको मौका पारेर बिल नभएको सुन आफूले उपहारमा प्राप्त गरेको भन्दै टिका श्रेष्ठले साटफेर गरिएको विज्ञप्तीमा उल्लेख छ ।
‘सञ्चालक नभएको मौका पारेर पसलमा भएका कर्मचारीलाई प्रलोभनमा पारेर चोरी गरेका सुनका गहना पर्वत घर भई पोखरास्थित गणेशटोलमा बस्दै आएकी टिका श्रेष्ठले उपहारमा पाएको भन्दै सुन साटफेर गरिएको छ, निर्दोष व्यवसायीलाई फसाउन खोजिएको छ ।’ महासचिव गौतमले हस्ताक्षर गरिएको विज्ञप्तीमा भनिएको छ ।
पोखरामा अपराधिक क्रियाकलाप तथा चोरीजनय अपराध न्यूनिकरण गर्न सिसी क्यामरा जडान गर्न भूमिका निर्वाह गर्ने व्यक्ति कसरी चोरीजन्यमा समावेश हुन सक्न विज्ञप्तीम भनिएको छ ।
सुन चोरीको आरोपमा प्रहरीले टिका श्रेष्ट प्रकाउ परेपछि चोरीको सुन किनेको आरोपमा ज्योती सुनचाँदी पसलका सञ्चालक दशरथ सुनारलाई कास्की प्रहरीले पुस १४ गते प्रकाउ गरेको थियो । सुनार सोमबार तारिखमा रिहा भएको विज्ञप्तीमा उल्लेख छ ।
पोखरा: नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले स्थापना गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा सामाजिक अभियान्ता सरिता गुरुङले आर्थिक सहयोग गरेकी छन् । सामाजिक क्षेत्रमा...
काठमाडौ: सरकारले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि नेपाली सेनालाई एक महिनाअघिबाट परिचालन गर्ने भएको छ। एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२ ले स्वीकृत गरेक...
मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् । रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...

