देश र जनताको हितमा काम गर्ने विश्वास लिएका छौं: शेरबहादुर देउवा

काठमाडाैं | पुस २६, २०७९

देश र जनताको हितमा काम गर्ने विश्वास लिएका छौं: शेरबहादुर देउवा

काठमाडौं:  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देश र जनताको हितमा काम गर्ने विश्वासका साथ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने निर्णय गरेको बताउनुभएको छ। 


मंगलबार संसदमा प्रधानमन्त्रीको विश्वासको मतका विषयमा भएको छलफलमा बोल्नुहुँदै देउवाले यस्तो बताउनुभएको हो। प्रधानमन्त्री प्रचण्डको आग्रह अनुसार संविधानको रक्षाको पक्षमा उहाँ उभिने विश्वास लिँदै उहाँले राख्नुभएको प्रस्तावको पक्षमा कांग्रेसले मतदान गर्ने निर्णय भएको उहाँको भनाइ छ। 


कांग्रेस सभापति देउवाले भन्नुभयो, ‘‘प्रधानमन्त्री पुष्पकमल दाहालले आग्रह गर्नु भए अनुसार संविधानको रक्षाको पक्षमा उहाँ उभिनु हुनेछ भन्ने विश्वास गर्दै मुलुकमा विद्यमान चुनौतीको सामना गर्दै देश र जनताको हितमा काम गर्नु हुनेछ भन्ने विश्वासका साथ तत्कालका लागि उहाँले राख्नु भएको प्रस्तावको पक्षमा नेपाली काँग्रेस मतदान गर्नेछ।’’    

काठमाडौं:   नेपाली सेनाले विद्यमान परिस्थितिलाई ध्यानमा राख्दै मुलुकभर आज बेलुकी ५ बजे सम्म निषेधाज्ञा निरन्तर रहने र तत्पश्चात् भोलि भदौ २६ गते बिहान ६ बजे सम्म कर्फ्यू आदेश जारी हुने जनाएको छ । सेना...

थप पढ्नुहोस्

काठमाडौं:  नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले धैर्य, संयमित बनेर हामी फेरि उठ्ने बताएका छन्। बुधबार बिहान नेत्रलाल अभागीको कविता सामाजिक सञ्जाल फेसबुकमा साभार गर्दै उनले यस्तो बनाएका हुन्। उनल...

थप पढ्नुहोस्

काठमाडौं: हाल देशभर मनसुनको प्रभाव रहेको तथा  मनसुनको न्यूनचापीय रेखा सरदर भन्दा दक्षिणतिर अवस्थित रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थ...

थप पढ्नुहोस्