देश र जनताको हितमा काम गर्ने विश्वास लिएका छौं: शेरबहादुर देउवा
काठमाडाैं | पुस २६, २०७९
काठमाडौं: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देश र जनताको हितमा काम गर्ने विश्वासका साथ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने निर्णय गरेको बताउनुभएको छ।
मंगलबार संसदमा प्रधानमन्त्रीको विश्वासको मतका विषयमा भएको छलफलमा बोल्नुहुँदै देउवाले यस्तो बताउनुभएको हो। प्रधानमन्त्री प्रचण्डको आग्रह अनुसार संविधानको रक्षाको पक्षमा उहाँ उभिने विश्वास लिँदै उहाँले राख्नुभएको प्रस्तावको पक्षमा कांग्रेसले मतदान गर्ने निर्णय भएको उहाँको भनाइ छ।
कांग्रेस सभापति देउवाले भन्नुभयो, ‘‘प्रधानमन्त्री पुष्पकमल दाहालले आग्रह गर्नु भए अनुसार संविधानको रक्षाको पक्षमा उहाँ उभिनु हुनेछ भन्ने विश्वास गर्दै मुलुकमा विद्यमान चुनौतीको सामना गर्दै देश र जनताको हितमा काम गर्नु हुनेछ भन्ने विश्वासका साथ तत्कालका लागि उहाँले राख्नु भएको प्रस्तावको पक्षमा नेपाली काँग्रेस मतदान गर्नेछ।’’
पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका १०र ११ स्थित पर्यटकीय गाउँ घान्द्रुकमा फागुन ६ देखि ९ गतेसम्म घान्द्रुक पर्यटन महोत्सव हुने भएको छ । पोखरामा आज (मंगलबार) पत्रकार सम्मेलन गर्दै महोत्सव...
पोखरा: नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले स्थापना गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा सामाजिक अभियान्ता सरिता गुरुङले आर्थिक सहयोग गरेकी छन् । सामाजिक क्षेत्रमा...
काठमाडौ: सरकारले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि नेपाली सेनालाई एक महिनाअघिबाट परिचालन गर्ने भएको छ। एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२ ले स्वीकृत गरेक...

