नेपाल टेलिकमको विन्टर अफर सार्वजनिक
काठमाडाैं | पुस २८, २०७९
काठमाडौँ: नेपाल टेलिकमले बिहीबारदेखि लागू हुने गरी विन्टर अफर सार्वजनिक गरेको छ । अफरअन्तर्गत प्रिपेड मोबाइल प्रयोगकर्ताले १९९ देखि ६९९ रुपियाँसम्मको २८ दिनसम्म प्रयोग गर्न सकिने डाटा, भ्वाइस र सन्देशका विभिन्न प्याक उपलब्ध छन् ।
स्टे कनेक्टेड अफरअन्तर्गत १३० रुपियाँमा पाँच दिनका लागि सबै नेटवर्कमा दुई जीबी र फोरजी नेटवर्कमा प्रयोग गर्न सकिने चार जीबी डेटासहित सबै नेटवर्कमा कुराकानी गर्न सक्ने गरी १५० मिनेट भ्वाइस सुविधा पनि उपलब्ध गराएको छ ।
टेलिकमले आफ्नो एफटीटीएच सुविधाअन्तर्गत ४० र ८० एमबीपीएस इन्टरनेट ब्यान्डविथसहितको प्याक नवीकरण गर्दा क्रमशः १६ हजार ६८२ र २१ हजार ५४१ रुपियाँ मूल्य निर्धारण गरेको छ । पोस्टपेड कम्बो प्याकअन्तर्गत उपलब्ध भइरहेको ३७३ रुपियाँमा ३० दिनसम्म प्रयोग गर्न सकिने छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

