पोखरामा फलामको फोल्डिङ टेका चोरी गर्ने राजु र गणेश प्रकाउ
पाेखरा | पुस २८, २०७९
पोखराः पोखरामा घर निर्माणमा प्रयोग गरिने फलामको फोल्डिङ टेका चोरी गर्ने दुई जनालाई प्रहरीले प्रकाउ गरेको छ ।
पोखरा महानगरपालिका २५ हेम्जा बडहरेमा अर्जुन थापाको बन्दै गरेको घरमा प्रयोग गरिएका फलामको फोल्डिङ टेका, ट्रष्ट पाईप र ट्रष्ट पाईपमा प्रयोग हुने क्ल्याव बोल्ट चोरी गरेको आरोपमा वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीको टोलीले प्रकाउ गरेको हो ।

फलामको फोल्डिङ टेका ११८ थान र ६थान फलामको पाइपसहित पोखरा १ कसेरी बस्ने २४ वर्षीय राजु गुरुङ र पोखरा १६ लामाचौर बस्ने ३० वर्षीय गणेश कुमार राईलाई प्रकाउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
पक्राउ परेकाहरूलाई जिल्ला अदालत कास्कीबाट चोरी सम्बन्धी मुद्धामा १० को म्याद थप गरी अनुसन्धान अगाडी बढाएको कास्की प्रहरीले जनाएको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

