स्कुलको बसको ठक्करबाट ७२ वर्षीय तुलसाको मृत्यु
झापा | पुस २९, २०७९
बिर्तामोड: झापाको गौरादह नगरपालिका वडा न.१ जनता माध्यमिक विद्यालयस्थित भित्री बाटोमा भएको सवारी दुर्घटनामा घाइते भएका एक व्यक्तिको उपचारको क्रममा मृत्यु भएको छ ।
बसले दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको मे.१ ख २६७६ न.को माउन्ट एभरेस्ट बोर्डिङ स्कुलको बसले पैदल यात्री सोही स्थानकी ७२ बर्षीया तुलसा दाहाललाई बिहीबार दिउसो ३ बजे ठक्कर दिएको थियो ।
ठक्करबाट घाइते भएकी दाहाललाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाइएकोमा उपचारको क्रममा बिहीबार राती ९ बजेर १५ मिनेटमा मृत्यु भएको हो । बस र बस चालक गौरादह नगरपालिका वडा न २ का ३७ वर्षीय अमरलाल ताजपुरिया प्रहरीको नियन्त्रणमा रहेको र उक्त घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

