कास्की रेडक्रसको नेतृत्वमा निर्विरोध चुनिए डण्डराज
कास्की | माघ १, २०७९
पोखराः रेडक्रम सोसाइटी कास्की शाखाको शनिबार आयोजित १० औं निर्वाचन अधिवेशनबाट सभापतिमा डण्डराज शर्मा निर्विरोध निर्वाचित भएका एका छन् । शर्मा यसअघि सभापति रहेका थिए ।
त्यस्तै, उपसभापति खुलामा धर्मराज अधिकारी, उपसभापति महिलामा उर्मिला खड्का, मन्त्री सुरेन्द्र गुरुङ र उपमन्त्री रमा कोइराला निर्विरोध भएको रेडक्रस सोसाइटीले जनाएको छ ।
रेडक्रस सोसाइटी कास्की शाखाको कोषाध्यक्ष, उपकोषाध्यक्ष, कार्यसमितितर्फ महिला सदस्य र खुला सदस्यका लागि भने सर्वसम्मत हुन नसकेपछि मतदान भएको छ । कोषाध्यक्ष र उपकोषाध्यक्षमा २÷२ जनाको उम्मेद्वारी परेको छ ।
महिला सदस्य ३ जनाका लागि ६ जना र खुला सदस्य ६ जनाका लागि २३ जनाको उम्मेद्वारी परेको छ ।
४८ उपशाखा रहेको कास्कीमा कूल मतदाता २ सय ६६ जना छन् ।
पोखरा: कास्कीको माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा हुने गण्डकी प्रदेश पालिकास्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता–२०८२ को तयारी पुरा भएको छ । ...
पोखरामा सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । सोमबार बिहान पोखरा महानगरपालिका–८ सभागृह चोकमा ग.२ च.२१६२ नम्बरको गाडीको ठक्करबाट पैदलयात्री सोही महानगरपालिका–२० भल...
पोखरा । पोखराको लेकसाइडमा हुने दोस्रो संस्करणको ‘वाडा अटो शो’को तयारी अन्तिम चरणमा पुगेको छ । पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोशियसन (वाडा) ले आयोजना गर्ने अटो शो...

