देश नै शोकमा छः मन्त्री गुरुङ
पाेखरा | माघ ३, २०७९
पोखारः माघ १ मा पोखरामा भएको यती एयरको विमान दुर्घटनाले देश नै शोकमा डुबेको गण्डकी प्रदेशका मन्त्री पञ्चराम गुरुङले बताएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी पोखरा महानगर समितिले पोखराको पृथ्वीचोकमा आयोजना गरेको दिप प्रज्वलन कार्यक्रममा बोल्दै दुखद घटना भएको बताए । यस्ता दुर्घटना न्युनिकरण गर्नको लागि राज्यले आवश्यक पहल गर्नुपर्ने गुरुङको भनाइ छ ।

माघ १ गते कालो दिन भएको बताउदै मन्त्री देश नै आँसुमा डुवेको बताए । पोखरा १५ मा विमान दुर्घटनामा चालक दल सहित ७२ जना परेका थिए । ति मध्य ७० जनाको शव भेटिएको छ । २ जनाको खोजी कार्य भइरहेको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

