उपराष्ट्रपति पुनले भेटे वर्षमान पुनलाई
काठमाडाैं | माघ ४, २०७९
काठमाडौं: उपराष्ट्रपति नन्द किशोर पुन उपचाररत पूर्व अर्थमन्त्री एवम् माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको स्वास्थ्य अवस्था बुझ्न ललितपुरको सुमेरु अस्पताल पुग्नु भएको छ । उपराष्ट्रपति पुनले बुधवार बिहानै अस्पताल पुगेर नेता पुनको स्वास्थ्य अवस्थाबारेमा जानकारी लिनु भएको हो ।
भेटका क्रममा चिकित्सकहरूले नेता पुनको अवस्था क्रमिक रुपमा सुधार हुँदै गएको जानकारी गराएका थिए । पुस ३० गते अस्पतालमा भर्ना हुनु भएका नेता पुनको उपचार प्रभावकारी बनाउन अस्पताललाई उपराष्ट्रपति पुनले निर्देशन समेत दिनुभएको सचिवालयले जनाएको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

