पोखरा बाटुलेचौरमा अतिथी गार्मेन्ट उद्योग सञ्चालनमा
काठमाडाैं | माघ ८, २०७९
पोखरा: पोखराको बाटुलेचौरमा अतिथी गार्मेन्ट उद्योग सञ्चालनमा आएको छ।
पोखराकै २ जना महिला उद्यमी पार्वती थापा बस्नेत र अन्जना कार्कीको संयुक्त लगानीमा संचालनमा आएको उद्योगले आईतबार सेवा शुभारम्भ गर्दै आफ्ना उत्पादनलाई उपभोक्ताको माझ ल्याएको हो।
सेवाको गण्डकी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार, शहरी विकास, तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले उद्घाटन गर्नुभएको छ। कार्यक्रममा बोल्दै खड्काले उद्यमशीलतावाट मात्रै समृद्धि ल्याउन सकिने बताउदै, उद्योगले महिला सशक्तीकरणमा समेत टेवा पुर्याउने विस्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा कृषि विज्ञ वेनी बहादुर बस्नेत, एकल महिला समुहका अध्यक्ष दुर्गा केसी थापा, वडा सदस्य राजकुमारी बानियाँ, क्षेत्री समाज पोखरा १६ का अध्यक्ष सन्दिप थापा, विन्ध्यवासिनी मा विका सहायक प्रधानाध्यापक रामबहादुर बानियाँ, समाजसेवी नरेन्द्र थापा, बलराम तिमिल्सिना लगायतकाले उद्योग सफलताको शुभकामना व्यक्त गरेका थिए।हाल ५ जना महिलाले रोजगारी पाएकोमा अव बजारीकरण र सेवा विस्तारले सयौं महिलालाई रोजगारी दिन सकिने संचालक बस्नेतले बताउनुभयो।लामो समय शिक्षण पेशामा आवद्ध वस्नेतले महिला उद्यमशीलताको विकास गर्ने र स्वदेशमै रोजगारी सिर्जना गर्ने उद्देश्यले व्यवसाय सञ्चालन गर्नुभएको हो।
करिब २५ लाखको लगानीमा संचालनमा आएको उद्योगले प्लास्टिक रहित अभियानलाई सहयोग पुर्याउने गरि सपिङ झोला उत्पादन गरेको छ। त्यस्तै उद्योगले स्कुल र कलेजका डे्स, स्वेटर, झोला, सर्टिङ्ग सुटिङ लगायतका विभिन्न सामग्रीहरू उत्पादन सहित बजारीकरण गरेको बताएको छ।
पोखरा: कास्कीको माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा हुने गण्डकी प्रदेश पालिकास्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता–२०८२ को तयारी पुरा भएको छ । ...
पोखरामा सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । सोमबार बिहान पोखरा महानगरपालिका–८ सभागृह चोकमा ग.२ च.२१६२ नम्बरको गाडीको ठक्करबाट पैदलयात्री सोही महानगरपालिका–२० भल...
पोखरा । पोखराको लेकसाइडमा हुने दोस्रो संस्करणको ‘वाडा अटो शो’को तयारी अन्तिम चरणमा पुगेको छ । पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोशियसन (वाडा) ले आयोजना गर्ने अटो शो...

