जिल्ला प्रहरीले कसरी समात्यो एकै दिनमा ३ सय ३२ फरार अभियुक्तलाई ?
बारा | माघ ११, २०७९
बारा जिल्लामा प्रहरीले एकैदिन ३ सय ३२ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
गत सोमबार जिल्ला प्रहरी कार्यालय, बाराको टिमले जिल्लामा रहेका ३ सय ३२ फरार प्रतिवादीलाई पक्राउ गरी मंगलबार अदालतमा पेश गरेको छ ।
पक्राउ परेका फरार प्रतिवादीमध्ये केही ६ वर्ष ५ महिना बढी कैद सजाय तोकिएका दोषी छन् । जिप्रका बाराका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता राजेश थापाका अनुसार उक्त सजाय भुक्तान गर्नुपर्ने फरार प्रतिवादी कलैया उपमहानगरका विजय दास हुन् ।
त्यस्तै, बैंकिङ् कसुर मुद्दामा ७ लाख रुपैयाँ जरिवाना तोकिएका एजाजुल हक अन्सारी र अन्य मुद्दाका प्रतिवादी रहेका छन् ।
एकैदिन भारी संख्यामा पक्राउ गर्न सफल भएपनि त्यसको तयारी १५ दिन अघिदेखि सुरु गरेको प्रवक्ता थापा बताउँछन् । ‘हाम्रो टिमले १५ दिन अघिबाटै रेकी सुरु गरेको हो’ थापाले भने ‘सबैको लोकेशन लिएर प्रहरीले अन्य यूनिटको समेत सहयोगमा एकैदिन पक्राउ गर्न सफल भयौं ।’
फरार प्रतिवादी पक्राउ गर्न अभियान नै चलाएको बारा प्रहरीले ४ सयको हाराहारीमा जनशक्ति परिचालन गरेको थापाले जनाए ।
ठूलो संख्यामा पक्राउ गरी सफलता हासिल गरेपनि बारा प्रहरीको लागि चुनौति भने सकिएको छैन । बारा जिल्ला अदालतको तथ्यांक अनुसार अझै करिब १३ सय जना प्रतिवादी पक्रने जिम्मा बारा प्रहरीलाई छ ।
कहिले समातिन्छन् १३ सय प्रतिवादी ? भन्ने प्रश्नमा थापा भन्छन्, ‘प्रहरीको कामै त्यही हो, शान्ति सुरक्षा र अदालतको फैसलापछि हामी एक्सनमा जान्छौ, प्रहरीसँग भएको सिमित स्रोत र साधनका बावजुद पनि हामी छिट्टै नतीजा दिनेछौं ।
पक्राउ परेकामध्ये ३६ जनालाई पर्सा कारागार चलान गरिएको छ भने अन्य जरिवाना भुक्तान गरी मुक्त भएका छन् । फरार प्रतिवादी पक्रने कार्यलाई अभियानकैरुपमा अघि बढाइएको जिप्रका बाराले जनाएको छ ।

काठमाडौं: तिहारको तेस्रो दिन आज घरघरमा कुकुरलाई पूजा गरी मीठा खानेकुरा दिइ कुकुर तिहार मनाइँदैछ। कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भएपनि यस वर्ष तिथिको घटबढका कारण तेस्र...
–शिवहरि सुवेदी केन्द्रीय सदस्य, राष्ट्रिय युवा संघ नेपाल ईन्चार्ज , राष्ट्रिय युवा संघ जिल्ला कमिटी, कास्की नेपाल आज पुन: एक निर्णायक युगमा छ । जहाँ पुरानो राजनीतिक ढाँचा, भू–राजनी...
काठमाडौं: आगामी अक्टोबर २६ देखि नोभेम्बर ५ सम्म युएईमा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ का लागि नेपालले आफ्नो अन्तिम टोली घोषणा गरेको छ। कप्तान रोहित पौडेलको नेतृत्वमा १५ सदस्यीय टोली तयार पारिए...

