टाइगर कप पोखराः नेपाल आर्मीलाई हराउँदै घरेलु टोली गण्डकी सेमीमा
पाेखरा | माघ ११, २०७९
पोखरामा आयोजित ‘तेश्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा आज पुरुषतर्फ नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई हराउँदे घरेलु टोली गण्डकी प्रदेश सेमिफाइनलमा पुगेको छ ।
भर्खरै सम्पन्न खेलमा पहिलो सेट गुमाएको गण्डकीले दोस्रो, चौथो र पाँचौ सेट जितेर सेमीमा प्रवेश गरेको हो । आजको खेलमा भारतीय खेलाडी नितिनको प्रदर्शन शानदार रह्यो ।
हिजो अर्काे विभागीय टोली सशस्त्र प्रहरीसँग बिर्सन लायक प्रदर्शन गरेका नितिनले आज ब्लक र स्पाइक दुबैमा उच्च प्रदर्शन गरे ।
फाइनलसरह भएको प्रतिष्पर्धामा २५–२३, २३–२५, २५–२३, २२–२५, १५–१३ को सेटमा गण्डकी विजयी भएको हो ।
सशस्त्रसँग हारेपनि गण्डकीले यसअघि नेपाल प्रहरीलाई सोझो सेटमा हराइसकेको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

