हिमपातको कारण जुम्लामा हवाई सेवा बन्द

काठमाडाैं | माघ १२, २०७९

हिमपातको कारण जुम्लामा हवाई सेवा बन्द

जुम्ला:  हिमपात भएपछि जुम्लामा हवाई सेवा बन्द भएको छ ।


मंगलबारदेखि निरन्तर हिमपात भएपछि धावन मार्गमा हिउँ जमेको छ । हिउँ जमेकोले विमान अवतरण हुन नसकेको नागरिक उड्डयन प्राधिकरण जुम्लाका निमित्त प्रमुख राजीव श्रेष्ठले बताए ।


आज जुम्लामा मौसम सफा छ । तर, धावन मार्गमा हिउँ जमेकाले आज पनि हाज अवतरण हुन नसकेको श्रेष्ठले बताए ।


आज नेपालगञ्जदेखि जहाज आउने तयारी अवस्थामा भएकोले धाममार्ग खुलाउन लागिएको नेपाली सेना नन्दबक्स गणका गणपति रविन थापाले जानकारी दिए ।


धावन मार्गमा हिउँ जमेपछि बिहानैदेखि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीले धावनमार्गमा हिउँ फाल्ने काम सुरु गरेको छ ।


नेपाली सेना २४ नम्बर बाहीनीका बाहिनीपति सोवेन्द्रसिंह महत, नन्दाबक्स गणका गणपति रविन थापा बिहानैदेखि जुम्ला विमानस्थलको धावनमार्ग खुलाउन खटिएका छन् ।


अहिले धावन मार्गमा प्रमुख जिल्ला अधिकारी मुकेश कुमारी केसरी पनि विमानस्थलमा पुगेका छन् ।


तीन दिनदेखि हिउँपरेर नेपालगञ्जमा जुम्ला आउने यात्रुहरु अलपत्र परेका छन् । करिब चार वटा जहाँजका यात्रुहरू अहिले नेपालगञ्जमा जुम्ला आउन कुरिरहेका छन् ।

मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् ।   रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...

थप पढ्नुहोस्

निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ ।    ...

थप पढ्नुहोस्

काठमाडौँ:    निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ ।    आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

थप पढ्नुहोस्