सेभेन थ्रीलाई विश्वास गर्नु गल्ती भयो: क्यान

काठमाडाैं | माघ १२, २०७९

सेभेन थ्रीलाई विश्वास गर्नु गल्ती भयो: क्यान

काठमाडौं:   नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल टी २० लिग आयोजनाका लागि भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई विश्वास गर्नु गल्ती भएको स्वीकार गरेको छ। 


बिहीबार काठमाडौंको एक होटलमा आयोजित पत्रकार सम्मलेलनमा बोल्दै क्यानका अध्यक्ष चतुरबहादुर चन्दले ‘कुनै पनि खराब ट्रयाक रेकर्ड नभएकाले विश्वास गरेको र त्यो विश्वास गर्नु गल्ती भएको’ बताए।


‘नेपाल टी २० लिगको आयोजनामा कहीँ कतै पनि निजी स्वार्थ छैन। नेपाल टी २० लिग राम्रो सुरुआत हुनसक्छ, नेपाली खेलाडीले देशमै खेलेर १५ लाखसम्म कमाउने र संस्थाले पनि आयआर्जन गरेर क्रिकेटको विकास गर्ने लक्ष्यरप्रयास थियो,’ उनले भने, ‘२०१४ मा नेपालको प्रतिष्ठित मिडियासँग फिफा विश्वकप २०१४ को लाइभको काम गरेको, सचिन तेन्दुल्करको सामाजिक सञ्जाल ह्यान्डिल गरेको प्रमाण दिएको थियो। नराम्रो रेकर्ड केही थिएन, त्यसैले विश्वास गर्यौं।’


लिग चलिरहँदा बीचमा नै सेभेन थ्री स्पोर्ट्सका प्रमुख जतिन आलुवालिया भारत जानु र क्रिकेटमा स्पट फिक्सिङ हुनु दुःखद भएको उनको भनाइ थियो।


पत्रकार सम्मेलन गर्न क्यान सीआईबी र राखेपको निर्णय पर्खिएर बसेको पनि अध्यक्ष चन्दले बताए। ‘सेभेन थ्रीले पनि केही कमजोरी गर्यो,’ उनले भने।


लिग चलिरहँदा प्रतियोगिता पूरा गर्न र प्रतियोगिता जोगाउन फिक्सिङ र स्पट फिक्सिङ नभएको किटान गर्दै विज्ञप्ति निकालेको पनि उनको स्पष्टोक्ती थियो।


‘लिगको बीचमा स्पट फिक्सिङका कुरा आउँदैगर्दा, जुन कुरा मिडियामा आए, त्यसअघि एसीयूले आइसीसीले निरन्तर रिपोर्टिङ गरिरहेको हो। लिगको बीचमा यस्ता कुरा उठ्दा सीआईबी बाहेक अन्य कसैलाई जानकारी नगराउनु भन्ने थियो,’


अब सेभेन थ्री स्पोर्ट्ससँगको सम्झौता नियामक निकायको निर्णयअनुसार हुने उनले बताए। 


‘सेभेन थ्रीआफैँ अनुसन्धानमा छ, सीआईबीले एक खालको आरोप तय गरेको सुन्दैछु। राखेपले इङ्गित गरेर सम्झौता टुङ्ग्याउनु भनेको सुनेको छु,’ उनले भने, ‘सम्झौता बोर्डले गरेको हो। एजिएमबाट पनि स्वीकृत भएको हो। निर्देशन पनि आवश्यक कुरा हो। बोर्ड बैठकमा छलफलको विषय बन्छ।’


विदेशी कम्पनीसँग सम्झौता ऐन विपरीत भएको भन्ने विषयमा जानकारी नभएर गल्ती भएको उनले बताए।

काठमाडौँ:  हाल देशमा पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशभर साधरणतया बदली रहेको छ ।   गण्डकी प्रदे...

थप पढ्नुहोस्

प्रधानमन्त्री सुशीला कार्कीले सरकार, विघटित प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरू र जेनजीका प्रतिनिधिबिच त्रिपक्षीय संवाद आह्वान गरेकी छन् ।   भदौ २३ र २४ गतेको उथलपुथलकारी जेनजी विद्रोहपछि गठित सर...

थप पढ्नुहोस्

दमक नगरपालिका–२ पाङ्गिनीचोक नजिक गए राति यात्रीवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य २१ जना घाइते भएका छन् ।   जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्का...

थप पढ्नुहोस्