नेपालमा विद्युतीय गाडीको ४ नयाँ ह्याचब्याक आउँदै

काठमाडाैं | माघ १२, २०७९

नेपालमा विद्युतीय गाडीको ४ नयाँ ह्याचब्याक आउँदै

अबकाे ३ महिनाभित्र विद्युतीय गाडी उत्पादनकाे एसयूभी सेग्मेन्टमा महिन्द्रा, टोयोटा, टाटा, एमजी लगायत ब्राण्डले नयाँ मोडल नेपाल ल्याउने भएका छन् । तर, ती आउने अधिकांश मोडलमा १०० किलोवाट माथिको इलेक्ट्रीक मोटर जडान भएको कारण मूल्य महंगो पर्न जान्छ । त्यसैले धेरै ईभी चाहनेहरु साना ह्याचव्याक कारको खोजीमा रहेको सहजै अनुमान लगाउन सकिन्छ ।

 

ह्याचव्याक सेग्मेन्टमा अहिले टाटा टियागो ईभी, बीवाइडी डल्फीन, एमजी फोर र सिट्रोन सीथ्री नेपाल ल्याउने तयारी सुरु भइसकेका मोडल हुन् । यी चार मोडलमा डिजाइन, रेन्ज, साइज र पर्फमेन्समा निकै ठूलो भिन्नता पाउन सकिन्छ ।

 

आधुनिक टेक्नोलोजी प्रयोग भएका सबै ईभीहरु कम्पनीको दावी मान्ने हो भने ३०० प्लस किलोमिटर रेन्ज दिने क्षमताका छन् भने सबै गाडीको संचालन खर्च २ रुपैयाँ प्रतिकिलोमिटर भन्दा कम छ । त्यसैले ईभी किन्ने मानिसको चाहना नेपालमा धेरै भएको मान्न सकिन्छ ।

 

टाटा टियागो ईभी

टाटाले नेक्सन म्याक्स ईभी र पन्च माइक्रो एसयूभीको विक्री सुरु गरेपछि मात्रै टियागो ईभी नेपाल ल्याउने जनाएको छ । टाटाको आधिकारीक विक्रेता सिप्रदी ट्रेडिङका अनुसार टियागो सन् २०२३ को दोस्रो क्वाटरसम्ममा नेपाल आउने छ ।

 

 

अहिले पनि धेरै मानिसले चढिरहेको टियागो कम्बस्चनमा भएका धेरै फिचर समावेस भएको कारण यो धेरैको लागि फ्यामिलियर कार हो । टियागो दुई ब्याट्री अप्सनमा उपलब्ध रहेको छ । यसको लङ रेन्ज मोडलमा २४ किलोवाट आवरको ब्याट्री उपलब्ध छ ।

 

सामान्य घरायसी विजुलीदेखि डीसी फास्ट चार्जर सपोर्ट गर्ने टियागो ईभीले एक पटकको फुलचार्जमा ३१५ किलोमिटर रेन्ज दिन्छ । यसको स्टायडर्ड भेरियन्टमा भने १९.२ किलोवाटआवरको ब्याट्री छ ।

 

टाटा टियागोमा ५५ किलोवाट क्षमताको मोटर दिइएको छ । त्यो भनेको ७४ ब्रेकहर्स पावर हो । साथै, १७० न्यूटन मिटरको टर्क यसमा पाउन सकिन्छ । टियागो ईभीमा सिटी र स्पोर्टस गरी दुईवटा ड्राइभ मोड पाउन सकिन्छ । यसमा ४ लेभलको रिजेनेरेसन ब्रेकिङ सिस्टम पाउन सकिन्छ ।

 

एमजी फोर

एमजीको आधिकारीक विक्रेता पारामाउन्ट मोटर्सले इलेक्ट्रीक क्रसओभर एमजी फोर नेपाल ल्याउने तयारी थालेको छ । यूरो एनक्याप क्रयास टेष्टमा ५ स्टार रेटिङ पाएको एमजी फोर निकै सुरक्षीत र प्योर इलेक्ट्रीक प्लेटफर्ममा बनेको कार हो ।

 

 

एमजीले नयाँ क्रसओभर मोडललाई अन्तर्राष्ट्रिय बजारमा दुई ब्याट्री अप्सन र तीन मोटर अप्सनमा ल्याएको छ । यसमा १२५ किलोवाट, १५० किलोवाट र ३१५ किलोवाटको मोटर रहेको छ । तर, नेपालमा कुन मोटरमा उपलब्ध हुन्छ भन्ने अहिल्यै एकिन भएको छैन ।

 

यसमा ५१ किलोवाट आवर र ६४ किलोवाट आवरको दुई ब्याट्री अप्सन पाउन सकिन्छ । सानो ब्याट्री प्रयोग भएको भर्सनले सिंगल चार्जमा ३५० किलोमिटर र ठूलो ब्याट्री भएको लङ रेन्ज मोडलले ४५० किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दावी छ ।

 

एमजीको नयाँ ‘एड्भान्स मोडुलर स्केवल प्लेटफर्म (एमएसपी) आर्किटेक्चर’मा तयार भएको यो कार रियर ह्वील ड्राइभ सिस्टममा उपलब्ध हुनेछ । निकै पातलो साइजको ब्याट्री प्रयोग भएको कारले सून्यदेखि १०० किलोमिटरको स्पीड भेट्टाउन ८ सेकेन्ड लगाउँछ । यसको टप स्पीड क्षमता भने १६० किलोमिटर प्रतिघन्टा रहेको छ । सन् २०२३ को मध्यसम्ममा एमजी फोर नेपालमा विक्री सुरु हुनेछ ।

 

डल्फीन

बीवाइडीको आधिकारीक विक्रेता साइमेक्स इंकले डल्फीन ह्याचव्याक नेपाल ल्याउने छ । मोर्डन डिजाइन, उत्कृष्ट रेन्ज र आकर्षक मूल्यमा आउने डल्फीन सुरक्षा र आरामदायीताको लागि परिचित कार हो ।

 

 

बीवाइडीको ३.० प्लेटफर्म र एलएफपी ब्लेड ब्याट्रीको साथमा आउने ह्याचव्याक कारमा निकै लामो २७०० एमएमको ह्वीलवेस पाउन सकिन्छ । डल्फीनमा १६ र १७ इन्चको अलोय ह्वील दिइएको छ ।

 

डल्फीनमा फ्ल्याटवटम मल्टी फङ्गशनल स्टेरिङ ह्वील, ५ इन्चको फुल एलसीडी इन्ट्रुमेन्ट क्लष्टर, १२.८ इन्चको फ्लोटीङ सेन्ट्रल कन्ट्रोल स्कृन, इलेक्ट्रीकल्ली एड्जस्ट गर्न मिल्ने सिट, पछाडि पनि आमरेष्ट रहेको छ ।

 

सुरक्षाको लागि अब्बल बनाउन फ्रन्ट पार्किङ राडार, सिट बेल्ट वार्निङ लाइट, टायर प्रेसर मोनिटर जस्ता आधुनिक फिचर पाउन सकिन्छ । कम्पनीले यसमा इनर्जी सेभिङ, स्नो, स्पोर्टस् र कम्फर्ट मोड दिइएको छ ।

 

निकै आकर्षक र लग्जरी फिचरले भरिपूर्ण डल्फीन ह्याचव्याकमा फ्रन्ट ह्वीलमा पर्मानेन्ट म्याग्नेट सिंक्रोनास मोटर दिएको छ । कम्पनीले यसमा दुई मोटर अप्सन दिएको छ । एउटा ७० किलोवाट पावर र १८० एनएम टर्क प्रदान गर्न सक्षम छ भने अर्को १३० किलोवाट पावर र २९० एनएम टर्क प्रदान गर्न सक्षम छ । नेपाली बजारमा ७० किलोवाट क्षमताको मोटरमा आउने छ ।

 

सून्यदेखि १०० किलोमिटरको स्पीड १०.९ सेकेन्डमा भेट्टाउन सक्ने यो कारमा ४४.९ किलोवाट आवर क्षमताको ब्याट्री दिइएको छ । यसले सिंगल चार्जमा ४२० किलोमिटरसम्म रेन्ज प्रदान गर्छ ।

 

सिट्रोन सीथ्री

सिट्रोनले भारतमा उत्पादन गरेको क्रसओभर ह्याचव्याक सीथ्री इलेक्ट्रीक अर्को नेपाल आउने मोडल हो । भारतमा बुकिङ खुल्ला भएको सीथ्री नेपाल पनि आउने आधिकारीक विक्रेता साँग्रिला मोटर्सले जनाएको छ ।

 

सिट्रोन सीथ्रीमा २९.२ किलोवाट आवरको ब्याट्री रहेको छ । साथै, यसमा ४२.५ किलोवाट क्षमताको मोटर भएको कारण यसले करको कारण दबाब झेल्नु पर्ने छैन । आफ्नो कम्बस्चन इन्जिनकै डिजाइन र फिचरमा यसलाई ईभी बनाइएको हो ।

 

एआरएआईका अनुसार सीथ्री इलेक्ट्रीकले सिंगल चार्जमा ३२० किलोमिटर रेन्ज दिने प्रमाणित भएको सीथ्रीमा ईको र स्ट्यान्डर्ड गरी दुई ड्राइभिङ मोड दिइएको छ । यसले डिसी फास्ट चार्जर सपोर्ट गर्छ भने, रिजेनेरेटिभ ब्रेकिङ सिस्टम पनि उपलब्ध छ ।

 

सीथ्रीमा रहेको ब्याट्रीलाई फास्ट चार्जरले ५७ मिनेटमा १० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सक्छ । होम चार्जरले भने १०.५ घण्टामा फुल चार्ज गर्न सक्छ ।

 

सीथ्री इलेक्ट्रीकमा १० इन्चको फराकिलो टच स्क्रृन इन्फोटेनमेन्ट सिस्टमको साथमा सी–बडी कनेक्टिभिटी टेक्नोलोजी, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो सपोर्ट गर्ने कनेक्टिभिटी, सिरी तथा गुगल असिस्टेन्ट सहितको भ्वाइस कमाण्ड फिचर उपलब्ध रहने छन् ।

चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ ।   कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

थप पढ्नुहोस्

पोखरा —चङ्गा प्रोडक्सनको आयोजनामा पोखरा रङ्गशालाको कभर्ड हलमा सम्पन्न ‘चङ्गा अल–स्टार फुटसल २०२६’ प्रतियोगितामा टिम प्याराडाइम च्याम्पियन बनेको छ ।   फाइनल खेलमा टिम क्रियटरलाई...

थप पढ्नुहोस्

पोखरा —प्रोडक्सनको क्षेत्रमा लोकप्रिय तथा चर्चित चङ्गा प्रोडक्सनले पोखरा रङ्गशालाको कभर्ड हलमा आगामी शुक्रबार आयोजना गर्ने “चङ्गा अल–स्टार फुटसल २०२६“ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ...

थप पढ्नुहोस्